मङ्ल, साउन १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ का लागि आवश्यक सम्पूर्ण तयारी र तथ्याङ्कीय व्यवस्थापन सम्पन्न गरेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम भएका छन् । कुल मतदातामध्ये पुरुषको सङ्ख्या ९६ लाख ६३ हजार ३५८ र महिलाको सङ्ख्या ९२ लाख ४० हजार १३१ रहेको छ भने अन्य मतदाता २०० जना रहेका छन् ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् । यसमध्ये तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य उम्मेदवार रहेका छन् । राजनीतिक दलका तर्फबाट दुई हजार २६३ र स्वतन्त्रतर्फ एक हजार १४३ जनाले उम्मेदवारी दिएका छन् । त्यसै गरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल तीन हजार १३५ उम्मेदवार रहेका छन्, जसमा एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला रहेका छन् ।

उम्मेदवारहरूको समावेशी विवरणअनुसार सबैभन्दा बढी खस आर्य समूहबाट ३४.५० प्रतिशत उम्मेदवारी परेको छ । त्यसैगरी आदिवासी जनजाति २७.३० प्रतिशत, मधेसी २४.८७ प्रतिशत, दलित ६.७५ प्रतिशत, मुस्लिम ३.९९ प्रतिशत र थारु २.५८ प्रतिशत रहेका छन् । उमेरगत रूपमा प्रत्यक्षतर्फ ४० देखि ४९ वर्ष समूहका उम्मेदवारको सङ्ख्या सबैभन्दा बढी एक हजार ७७ रहेको छ ।

निर्वाचन सम्पन्न गर्न मुलुकभर १० हजार ५६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । साथै, एक लाख ४३ हजार अस्थायी मतदान स्थलको समेत व्यवस्था गरिएको छ । निर्वाचनलाई भयरहित बनाउन सात लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाल प्रहरी ७५ हजार ७८७, नेपाली सेना ७८ हजार ७२७ र निर्वाचन प्रहरी (म्यादी) एक लाख ४९ हजार ५० जना रहेका छन् ।

निर्वाचनमा दुई लाख ४५ हजार कर्मचारी खटिनेछन् भने ४२ ओटा पर्यवेक्षक संस्थाले अनुगमन गर्नेछन् । आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ६५ राजनीतिक दल र समानुपातिकतर्फ ६३ दल निर्वाचनमा सहभागी छन् ।

यो पनि पढ्नुहोस्

‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया बढ्याे

‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया बढ्याे

३ घण्टा अगाडि
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

कम्युनिष्ट आन्दोलनको उच्च धेय र यसको एकताको कुरा

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया बढ्याे

कांग्रेसका नेता र भारतको महाराष्ट्रका मुख्यमन्त्रीबीच भेटवार्ता

सिस्नेखोला सुरुङमार्गको उद्घाटन

तीन लाख २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य

कम्युनिष्ट आन्दोलनको उच्च धेय र यसको एकताको कुरा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक