शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अटोमेशन र एआई : यथास्थितिमा परिबर्तनको  आवश्यकता

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
एआई अर्थात आर्टिफिशियल इण्टेलिजेन्स र अटोमेशन अर्थात उच्च स्वचालनको उदय अब बिश्वमा भबिष्यको अबधारणाको बिषय रहेन । यसले बिश्वभरीका अनेक उद्योगहरुमा एउटा नयाँ क्रान्तिकै जग स्थापित गरिसकेको छ । स्वास्थ्य सेवाहरुदेखि लिएर बित्तीय सेवाहरुसम्म यस प्रबिधिले मानिसको भबिष्य बद्लिन थालेको छ । यसले प्रत्येक क्षेत्रमा नबीन कौशलताको आवश्यकता प्रष्टसँग औंल्याइदिएको छ र ठूलो परिबर्तन भइरहेको छ । यस प्रकारको निरन्तर तीब्र गतिमा परिबर्तन हुँदै गइरहेको बिश्वमा प्रौद्योगिकीमा नयाँ कौशल, सीप र ज्ञानको आवश्यकता अझ बढ्न गएको  छ ।
बर्तमान समयमा प्रबिधिको नबीन र त्वरित बिकासको गतिकसाथसाथै बिश्वभरी नै एआई अर्थात आर्टिफिशियल इण्टेलिजेन्सको र उदाउाँदा अन्य प्रबिधि कौशल बिशेषज्ञको माग पनि तीब्ररुपमा बढ्न थालेको छ ।यस सम्वन्धमा बिश्व आर्थिक मञ्च अर्थात ‘वल्र्ड इकोनोमिक फोरम’ले अनुमान लगाएको थियो कि गएको बर्ष २०२५ ससम्ममा नै एआई र मेशिन लर्निङ्गले, बिश्वभरीमा  १० करोड  नयाँ रोजगारीको सिर्जना गर्ने छ  । यसका अतिरिक्त एउटा आईडिसी प्रतिबेदनले के पनि अनुमान लगाएको थियो भने बितेको  ३ बर्ष अर्थात २०२३ सम्ममानै एआईमाथि बिश्वको खर्च ९७.९ अर्ब डलरसम्म पुगिसको थियो । त्यो तथ्यांकले नै त्यसपछिका आउँदा बर्षहरुमा यस क्षेत्रमा असाधारण रुपले नयाँ रोजगारीको सिर्जनमा अभिबृद्धि हुने सम्भावानालााई दर्शाएको  थियो ।
यस स्थितिमा बिश्वका अनेक सशक्त कम्पनीहरु उदाउँदो प्रबिधिमा कुशल कार्यबलको उपलब्धताका कारण बिकसित र श्रोत साधन तथा कौशल भएका देशहरुसँग मिलेर काम गर्ने, आफ्नो कौशललाई अझ बिकसित तुल्याउने, मूल्यबान अनुभव प्राप्त गर्ने अवसरको सदुपयोग गर्ने दिशामा अग्रसर देखिन्छन् । बिशेषरुपले अटोमेशन र एआईको उदाउँदो यस उन्नत र नबीनतर प्रबिधिले बिश्वभरी नै कामको प्रबृत्तिलाई बदलिदिएको छ । समग्र कौशल बिकासका प्रबृत्तिहरुलाई ध्यानमा राखेर बिश्वका बिभिन्न सरकारहरु, शैक्षिक संस्थाहरु र औद्योगिक इकाईहरु एक साथ खडा हुनुुपर्ने आवश्यकता महसुश गर्दै त्यसतर्फ अग्रसर देखिन्छन् र कौशल बिकासको सबल इको–सिस्टमको निर्माण हुन सक्ने स्थिति देखिदैछ । यसले केवल कुशल कार्य गर्ने क्षमता सम्पन्न शक्ति अर्थात निपूण कार्यबल निर्मित मात्र हुने होइन यसले आर्थिक बृद्धिकासाथसाथै समग्र बिकासमा पनि अपूर्ब योगदान दिने कुरा आज दैनिकरुपमै जस्तो मूख्य चर्चाको बिषय बनिरहेको छ र बन्दै जानेछ ।
तर हाम्रो देशमा भने यूवा रोजागारीका लागि गन्तब्य देशको खोजी गर्ने र त्यसकै आधारमा चल्ने तथा भिखमंगा किसिमले द्ररिदतालाई च्यापेर हिड्ने हीन ग्रन्थी र गलत प्रबृत्ति नै हावी बनेर रहेको  छ । देशको महत्वपूर्ण रणनीतिक अबस्थिति, ठूलो र प्रचू जैबिक बिबिधता र अत्याधिक ठूलो बिकास सम्भावनालाई यसरी बेवास्ता गर्दै अरु देशको तीब्र बिकास र प्रगतिको रमिता हेरेर बस्ने र केही नसिक्ने मरणोन्मुख बाटोमा कहिलेसम्म घिस्रिने हो अहिलेसम्म कुनै अत्तोपत्तो छैन । शायद ‘मति बिग्रेपछि  गति पनि बिग्रन्छ’ भन्ने कुरा हाम्रै देशमा यसरी चरितार्थ हुँँदै आइरहेको र भइरहने देखिएको छ ।
प्रचुरतम सम्भावना भएको कृषि क्षेत्र, जलश्रोत र पर्यटनलाई एकीकृतरुपमा सञ्चालन गर्ने समय सारिणी सहितको परिणामदायी   रणनीतिक बिकास योजना, कार्यक्रम र  नीति निर्माण गरेर कार्यान्वनयमा जाने  बाटो दृढतापूर्ब पक्रिने हो भने नेपाललाई पर्याप्त मात्रामा आत्मनिर्भर बनाउँन, ब्यापक रोजगारी पैदा गर्न र देशलाई समुन्नतिको सही बाटोमा अघि सार्न सकिने दीगो आधार तयार पार्न अबश्य सकिन्छ । तर यतातिर राज्यका प्रमुख र जिम्मेवार अंग प्रत्यंगहरु कत्ति पनि तल्लिन छैनन् । वास्तवमाा राज्यका ती अंगहरु भ्रष्टाचारको चरम चुलीमा पुगेर चुर्लुम्म डुबिसकेको हुनाले उनीहरुको बुद्धि र बृत्ति पनि भ्रष्ट भइससकेको या भइरहेको र तिनको मूल ध्याउन्न पनि बिभिन्न किसिमका डरलाग्दा भ्रष्टाचार, संगठित मानब तस्करी, कमिशनखोरी, घुसखोरी, सुदखोरी र कालो बचारी बाहेक अरु केही नभएको आजको स्थितिले प्रष्ट पारिरहेको छ ।
हल्का किसिमले ‘ब्यवस्था फेरिए पनि  अबस्था फेरिएन’ भनेर जनतालाई बास्तबिकताबाट टाढा राख्ने र अल्मल्याउने प्रपञ्च चलाउने तथा पुराना ब्यबस्थाका सबै प्रकारका भ्रष्ट, कुरुप र त्याज्य सबै कुरा अंगीकार गरेर पुरानो सामन्ती ब्यवस्थालाई नब सामन्ती ब्यवस्थाको रुपमा चलाउने सबै खालका पुराना गलत र नकारात्मक रेकर्ड तोड्ने तीब्र प्रतिस्पिद्र्धा चलाउने गरिएको र चलिरहेको छ । राजनीतिक परिबर्तन जनताको आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा रहेका जनहित बिरोधी गलत परम्परा, प्रबृत्ति र प्रकृतिमा परिबर्तन ल्याउन र समानता र समुन्नतिको बाटोमा अग्रसर गराउन लागि हो, हुनु पर्दथ्यो । तर ब्यहारमा जो राज्यको माथिदेखि  तलसम्मको कुर्सीमा पुग्छ या पुग्ने तारतम्य मिलाईन्छ तिनै सीमित माानिसहरुको मोज मस्ती र मनपरी नै लोकतान्त्रिक गणतन्त्र हो भन्ने ब्यबहारतः दर्शाउन खोजेको प्रष्टै देखिन्छ । त्यसैले जनस्तरमा समग्रमा  एकमुष्ठरुपमा  ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने कथन आज आमरुपमै प्रचलित भएको  छ । यसले नै राज्यको चरित्र र स्वरुप कस्तो छ र कसरी चलिरहेको छ भन्ने कुरा दर्शाएको छ ।
निश्चय नै ब्यवस्थामा खोट छ, ब्यवस्थाका सञ्चालक र सम्वाहकमा खोट छ र त्यसको परिणाममा पनि खोज निस्किन्छ भन्ने कुरा स्वतः सिद्ध छ । नेपाली समाजमा आमूल परिबर्तन भएको छैन र अहिलेसम्मका सबै आन्दोलनहरु यथास्थितिकै आधार र त्यसैमा खडा भएका शक्तिहरुसँग सम्झौता गरेर टुंगिएका हुन् । त्यसैले हाम्रो राजनीतिक परिबर्तनको सीमा र सामथ्र्य के कति हो भन्ने कुरा त्यसैले प्रष्ट पार्दछ । परिबर्तनको हैसियत भन्दा ठूलो यसको महिमागान गरेर यसले बस्तु र सेवा अर्थात सुशासन  दिनसक्ने औकात बढ्ने होइन । तथापि त्यसै सीमा भित्र पनि दिन सकिने अभ्रष्ट र नैतिकतायुक्त तथा उत्तरदायित्वपूर्ण ब्यबहार मात्र गर्न सक्दा मात्र पनि सीमितरुपमा नै भए पनि जनताले परिबर्तन आफ्ना लागि हो भन्ने झीनु  अनुभव महसुश गर्न सक्ने थिए । तर त्यो न्यूनतम सकारात्मक दिशामा पनि मुलुकलाँई डोर्याउने अहिलेसम्मका सत्ताका हर्ताकर्ताहरु देखिएनन् ।सत्ताको दुरुपयोग गरेर आफ्नो स्वार्थको गोरखधन्धा चलाउने तीब्र प्रतिस्पद्र्धाले मात्रै प्रचुर पश्रय पायो र पाइरहेको  छ । जेञ्जी बिद्रोहका अनेक कारणमध्ये एउटा मूल कारण यस्तै गलत प्रश्रय र प्रोत्साहन थियो भन्ने कुरा पटक्कै बिर्सन मिल्दैछ ।
यस स्थितिले सारतः अग्रगामी  आधारभूत र आमूल परिबर्तनकै माग गर्दछ । अहिले बढेको असन्तोषलाई प्रतिगामी दिशामा धकेलेर जनता र राष्ट्रका लागि अपेक्षित  समुन्नति, सापेक्ष राजनैतिक स्थिरता र सामाजिक स्थाइत्व कदापि आउन सक्तैन र आउने आधार पनि बन्दैन । त्यसैले बिश्वमा आएका नबीनतम बैज्ञानिक र प्राबिधिक कौशलहरु या त देशमा प्रयोग नै हुन सक्तैनन् या राज्यको दुरुपयोग भए जस्तै तिनको पनि घोर दुरुपयोग हुन्छ । अनि समस्या समाधान हुनेभन्दा समस्या थपिने परिणाम नै आउने निश्चित छ ।  त्यसैले कोरा ज्ञानका लागि एआई र अटोमेशनका बिकसित नबिनतम माध्यमहरुको चर्चा गरिए पनि यसका सकारात्मक र नकारात्मक प्रभाव र परिणामका बारेमा बहस चलाए पनि यथार्थतः आजकै जस्तो यथास्थितिमा कुनै सकारात्मक परिणति  आउने आशा र अपेक्षा गर्न सकिन्न । आजसम्मको कटु अनुभव यस्तै रहेको छ ।
यस स्थितिमा बरु बाह्य हस्तक्षेपका अरु थप गतिबिधिहरु अझ बढ्न जाने र देशमा परनिर्भताको पासो अझ कसिने स्थिति तीब्र हुने कुरा नै अहिलेसम्मको कटु अनुभवले प्रष्ट पार्दै आएको र पारिरहेको छ । यो बास्तविकतालाई आत्मसात गरेर यसबााट सही दिशामा अघि बढ्ने उपायहरु के के छन् र कसरी देश र जनताई सही किसिमले सम्हालेर अघि बढ्न सकिन्छ आज बहस र ब्यवहार गर्नुपर्ने मूल कुरा यही नै हो । जो हाथ, सो साथको पञ्चायत कालीन परम्परालाई सिंगारपटार गरेर चल्ने गलत मनोबृत्तिले आन्तरिक र बाह्य शोषण उत्पीडनलाई नै अझ बढाउँदछ भन्ने कुरा बुझेर पनि अनेक बहानामा नबुझे जस्तो गर्नु देश र जनताई ठूलो धोका र बेइमानी हो । अति भए पछि खति हुन्छ भन्ने पूर्खाका अनुभव सिद्ध सही कुरालाई समय छँदै बुझ्नु जरुरी छ । अन्यथा दुःखद दुर्गति नै फेरि पनि हाम्रो नियति बन्ने कुरा रोकिने छैन ।

यो पनि पढ्नुहोस्

तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

१५ मिनेट अगाडि
गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक