मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पत्रपत्रिका

प्रधानमन्त्रीलाई राज्य चिनाउन हिँडेका महिला

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्रीलाई राज्य चिनाउन हिँडेका महिला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुदखोरमात्र होइन, प्रहरी, प्रशासन, अड्डा अदालतबाट समेत लखेटिएका महिला बर्दिवासबाट हिँडेको आठौं दिन हेटौंडा आइपुगेका छन्, तर नागरिक किन पैदल आउँदै छन्, दाहाल सरकारलाई वास्तै छैन

पथलैया, बारा — प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएकै दिन सोमबार संसद् भवन परिसरमा पत्रकारहरूसँग भन्दै थिए, ‘अब वैशाख पहिलो सातासम्म भारत भ्रमणमा जान्छु ।’ भारतले अहिलेसम्म औपचारिक निम्तो दिएको छैन । निम्तोबिना भारतको पाहुना बन्न आतुर दाहाल स्वयम्लाई भेट्न महिलाहरू सिंहदरबार आउँदै छन्, त्यो पनि राजमार्गमा हिँडेर । तर, उनीहरूको माग के हो रु प्रधानमन्त्रीलाई भेट्न आफ्ना नागरिक किन पैदलै आउँदै छन्, सरकारलाई वास्तै छैन ।

पीडित पदयात्रा स् नलिएको ऋणबाट ‘मुक्ति’ पाउन र मिटरब्याजी तमसुक व्यवस्था खारेजीको माग सुनाउन महोत्तरीको बर्दिबासबाट काठमाडौंतर्फ हिँडिरहेका महिलाहरू पूर्वपश्चिम राजमार्गअन्तर्गत अमलेखगन्जमा । चैत २ मा यात्रा सुरु गरेका उनीहरू बुधबार राति हेटौंडामा बास बसेका छन् ।

प्रहरी प्रशासनबाट संरक्षित मिटरब्याजी सुदखोरले विपन्न सर्वसाधारणको उठिबास लगाएका छन् भनेर राज्यले विगतमा गरेका अनुसन्धानले नै पुष्टि गरेका छन् । मिटरब्याजपीडितले विगतमा जस्तै यस पटक पनि ठाउँठाउँमा आन्दोलन गरिरहेका छन् । तर, सरकारले सुन्दै नसुनेपछि पूर्वी मधेशका पीडितहरू बर्दिबासमा जम्मा भएर काठमाडौंको मार्चमा छन् । यसअघि आफ्ना सरोकार सुनाउन उनीहरू पछिल्लो ९ महिनादेखि स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी र मधेश सरकारका अड्डाहरूमा धाइरहेका थिए ।

‘तमसुक व्यवस्था खारेज गर’ भन्ने मुख्य नारासहित चैत २ मा बर्दिबासबाट निस्केको मार्च मंगलबार साँझ बाराको पथलैया आइपुगेको थियो । बुधबार बिहान पथलैयाबाट सुरु भएर साँझ मकवानपुरको हेटौंडासम्म करिब २५ किलोमिटर यात्रा पछ्याइरहेको कान्तिपुर टिमले पैदलयात्रीको मनोविज्ञानमा कुनै अन्योल भेटेन ।

अलिअलि भएको पुर्ख्यौली सम्पत्ति र जिन्दगीभरको पसिना सुदखोरले कब्जा गरिदिएपछि गुमाउन के बाँकी छ रु अब परीक्षा सरकारको हो भन्नेमा उनीहरू ढुक्क छन् । सिरहाकी पुनितादेवी महतोले भनिन्, ‘न्याय नइमिल्तै त घरे नइएबै (न्याय नपाएसम्म घर फर्कने कुरै छैन) ।’

गोलबजार–५ की पुनितादेवीलाई सुदखोर मात्र होइन, पछिल्लो एक वर्ष प्रहरी प्रशासनले पनि लखेटिरहेको छ । वैदेशिक रोजगारीमा गएका श्रीमान्को १२ वर्षअघि उतै मृत्यु भयो, एक्लै तीन छोरा हुर्काउने अवस्था आइलाग्दा उनी २२ वर्षकी मात्र थिइन् । पुरानो व्यवहार मिलाउन र छोराहरूलाई हुर्काउन, पढाउन गोलबजारकै शारदादेवी साहबाट ५५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । २०७३ माघमा ऋण लिएलगत्तै ५ हजार फिर्ता गरिन् भने बाँकी ५० हजारका लागि ब्याज तोकियो– साताको ११ हजार रुपैयाँ ।

उनले यही बेला जीवन विकास लघुवित्तमा पनि ऋणका लागि आवेदन गरेकी थिइन् । १ लाख रुपैयाँ ऋण पाएपछि लघुवित्तका कर्मचारीकै अगाडि उनले शारदादेवीलाई तिरिन् । तर, तमसुक माग्दा घरमा आउन भनियो । घर पुगेपछि भने ऋण ५ लाख पुगेको भन्दै थप चार लाख दिए मात्रै तमसुक च्यात्ने भनियो । १० धुर ऐलानी जग्गामा बनेको कच्ची घरमा जीविका चलाउँदै आएकी पुनितादेवी गुजारा गर्न पनि ज्यालादारी गर्छिन्, उनले लिँदै नलिएको चार लाख पैसा किन तिर्नु, कहाँबाट तिर्नु ?

पीडित पुनितादेवी हुन्, तर अदालतमा मुद्दा लिएर पुगिन् शारदादेवी । ‘मैले तिर्न सक्दिनँ भनेपछि मेराविरुद्ध अदालतमा मुद्दा पर्‍यो । त्यो मुद्दा मैले हारें । मलाई जेलमा पठाउने फैसला भएको थाहा पाएपछि लुकेरै हिँड्नुपरेको छ, आफ्नै गाउँमा भागीभागी बस्नुभन्दा काठमाडौं नै जान्छु भनेर हिँडेकी छु,’ उनले भनिन् ।

५० हजार ऋण लिएकी पुनितादेवीले साताको ११ हजार ब्याज जोडेर एक लाख तिरिन् । तर तमसुक र सुदखोरको बयानलाई प्रमाण मानेर अदालतले पुनितादेवीले थप एक लाख ६५ हजार ऋण लिएको ठहर गर्‍यो । न्यायाधीश नरनारायण पौडेलले २०७७ को पुस २३ मा गरेको फैसलामा साँवा, ब्याज र अदालती शुल्कसमेत भराउन भनिएको छ ।

पुनितादेवीले पैसा नतिरेपछि उनलाई पक्राउ गरी थुनामा राख्न र बक्यौता असुलउपर गर्न भनी शारदादेवीले सिरहा जिल्ला अदालतमा दरखास्त हालिन् । २०७८चैत १ मा प्रहरीले सातदिने म्याद घरमा लगेर टाँसिदिए । त्यसयता उनी लुक्दै हिँडिरहेकी छन् । छोराहरू ममाघरमा छन् । ‘गयो भने पक्राउ गर्छन्, लिएको पैसा तिरियो, नलिएको पैसा कसरी तिर्ने रु तर लुकीलुकी कति दिन बाँच्ने रु’ पुनितादेवी भन्छिन्, ‘मेरो धेरै माग छैन । ५५ हजार ऋण लिएकोमा शारदादेवीलाई एक लाख तिरिसकें । अब थप तिर्न नपरोस् । म मेरै घरमा छोराहरूलाई हुर्काउन पाऊँ, आफैंले पकाएर खुवाउन पाऊँ । प्रहरीले पक्राउ नगरोस् ।’ पुनितादेवी काठमाडौंको दोस्रो यात्रामा छिन् । १२ वर्ष पहिले काठमाडौं पुग्दा काखमा ६ महिने छोरा थिए । साउदी अरबबाट ‘कफिनमा आएका’ श्रीमान्लाई एम्बुलेन्समा लिएर उनी गाउँ फर्किएकी थिइन् । यसपालि ‘न्याय’ लिएर फर्कने अठोटमा छिन् ।

धनुषा सबैलाकी कल्पना धामी त अहिले नै कोखमा ६ महिने दूधे बच्चा च्यापेर काठमाडौं जान हिँडिरहेकी छन् । श्रमका लागि श्रीमान्लाई साउदी पठाएको दुई दिनपछि उनी मार्चमा निस्केकी हुन् । लघुवित्तबाट लिएको ऋण तिर्न उनले स्थानीय मुसरु ग्वार ९यादव० बाट ५० हजार सापट लिएकी थिइन् । तर, साहुले ब्याज तोके– साताको १० हजार । मिटरब्याज तिर्न उनले अर्को लघुवित्तबाट एक लाख ऋण लिइन् । पैसा पाए पनि साहुले तमसुक च्यातेनन्, बरु थप एक लाख तिर्न फेरि धम्की दिए ।

कल्पनाले पैसा नतिरेको भन्दै ग्वारले जिल्ला अदालत धनुषामा मुद्दा दिएका छन् । उनलाई अदालतमा आफ्नो पक्ष राख्न मन छ, तर वकिल राख्ने पैसा छैन । पाँच वर्षका जेठो छोरालाई जेठानीसँग छाडेर उनी मार्चमा हिँडेकी हुन् । भन्छिन्, ‘जे गर्नुपर्ने हो गर्ने, तर न्याय नपाएसम्म नफर्किने भनेर आन्दोलनमा आएकी छु ।’

मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालले आयोजना गरेको बर्दिबास–काठमाडौं मार्चमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका ७५ किसान सहभागी छन् । जसमा ९ जना मात्रै पुरुष छन् । बर्दिबासबाट हिँडेको पहिलो दिन उनीहरू गौशाला रोडमा बसे । दोस्रो दिन लालबन्दी, तेस्रो दिन वाग्मती, चौथो दिन चन्द्रनिगाहापुर पुगेका उनीहरू पाँचौं दिन निजगढ, छैटौं दिन पथलैयामा बास बसेका थिए । बुधबार हेटौंडामा सुस्ताएका उनीहरू दैनिक औसत २५ किलोमिटर हिँडेर अब ४ दिनमा काठमाडौं पुग्ने लक्ष्यमा छन् ।

संघर्ष समिति एक वर्षदेखि मधेशमा आन्दोलित छ । संयोजक मनोजकुमार पासवान मधेश प्रदेश र प्रमुख जिल्ला अधिकारीहरूले बेवास्ता गरेपछि बाध्यताले काठमाडौं मार्चमा निस्केको बताए । ‘गत साउन १५ मा ७ बुँदे माग राखेर प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थियौं, तर पीडित किसानका समस्या समाधानमा मधेश सरकारले कुनै पहल लिएन,’ भन्छन्, ‘बरु अड्डारअदालतले पीडितलाई उल्टै थुनामा पठाउने र उनीहरूको सम्पत्ति पनि जफत गर्न थाले, त्यसैले काठमाडौंको बाटो लागेका हौं ।’

काठमाडौं हिँड्नुअघि संघर्ष समितिले गत फागुन १८ मा साउनमै राखेका ८ बुँदे मागको पुनः स्मरण गराउँदै मधेशका मुख्यमन्त्री सरोज यादवलाई स्मरण पत्र बुझाएको थियो । जसमा मिटरब्याजीलाई कारबाही, पीडितको जफत गरिएको सम्पत्ति फिर्ता, मिटरब्याजीको सम्पत्ति छानबिन, सहुलियत दरमा ऋणको व्यवस्था, मिटरब्याजीबाट पीडितमाथि गरिएको यौनशोषणको छानबिन र दोषीलाई कारबाही, तमसुक व्यवस्था खारेजलगायतका माग राखिएका छन् ।

कुनै पनि मागमा राज्यका कुनै पनि निकाय संवेदनशील नभएपछि बाध्य भएर पीडितहरूलाई एकीकृत गर्ने अभियानमा खटिएको महोत्तरीका संघर्ष दाहालले बताए । ‘मधेशमा मिटरब्याज समस्या दुई तप्काका मानिसमा देखिन्छ । एक, अत्यन्त गरिब– जसले जीविका चलाउनैका लागि ऋण लिएका छन् । अर्काथरी, सामान्य व्यापारका लागि ऋण लिएका छन्,’ दाहालले भने, ‘तर दुवै थरीमाथि ज्यादती छन् ।’

यो पनि पढ्नुहोस्

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

१६ घण्टा अगाडि
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक