शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युवाहरूका मुद्दा समावेश नगरेको भन्दै चुनाव बहिष्कार गर्ने चेतावनी

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
युवाहरूका मुद्दा समावेश नगरेको भन्दै चुनाव बहिष्कार गर्ने चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणा पत्रमा दलित, अल्पसंख्यक तथा जेन–जी युवाहरूका मुद्दा समावेश नगरेको भन्दै चुनाव बहिष्कार गर्ने चेतावनी दिइएको छ ।

बुधबार राजधानीको संवाद डबलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरोकारवालाहरुले यस्ता उम्मेद्वारलाई बहिष्कार गर्ने अभियान सञ्चालन गर्ने चेतावनी दिएका हुन् ।
जेनजी अगुवा बिवेक थापाले ‘नयाँलाई भोट’ भन्ने नाराप्रति प्रश्न उठाउँदै लामो समयदेखि सत्तामा रहेका दलहरूलाई नयाँ भन्न नसकिने बताए । दलित मुक्तिको नाममा सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिहरूसँग सहकार्य गर्ने प्रवृत्तिप्रति पनि उनले आपत्ति जनाए । थापाले उत्पीडित, दलित र पिछडिएका वर्गका मुद्दा उठाउने दललाई मात्र समर्थन गर्न आग्रह गरे ।

५३ दिन अनसन बसेकी जेनजी अगुवा सरिस्मा थापाले जेनजी आन्दोलनपछि बनेको सरकारले आन्दोलनका माग सम्बोधन नगरेको आरोप लगाइन् । उनले ५३ दिनसम्म धर्ना बसेर खबरदारी गरे पनि मागहरूलाई कागजी दस्तावेजमै सीमित गरिएको बताइन् ।

‘जेनजी युवाको आँखामा पट्टी बाँधेर भोट हाल्न लगाइँदैछ, त्यो हामीलाई स्वीकार्य छैन,’ उनले भनिन्, ‘जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजीका माग संबोधन गर्न सकेको छैन । चुनावका नाममा जेनजी आन्दोलनमा गोली हान्न आदेश दिने र सिंहदरबार जलाउनेहरु पनि उम्मेद्वार बनेका छन् । जुन हामीले चाहेका थिएनौँ ।’ जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरी निर्वाचन गरिनु अर्थपूर्ण नहुने सरिस्माको भनाइ थियो । भदौ २३ र २४ गतेका घटनाबारे सत्य सार्वजनिक नगरेसम्म भोट नहाल्ने चेतावनीसमेत उनले दिइन् ।

दलित गैर सरकारी महासंघका अध्यक्ष जेवी विश्वकर्माले २०४८ सालदेखि दलित समुदाय निर्वाचनमा सहभागी हुँदै आए पनि उनीहरूको आधारभूत अधिकार अझै सुनिश्चित नभएको बताए ।
दलितहरुलाई अधिकारबाट बञ्चित गराइएको भन्दै उनले भने, ‘दलितहरूको भोट चल्छ, तर पानी चल्दैन ।’ उनका अनुसार संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि संविधानको धारा २४ र ४० मा उल्लेखित दलित अधिकारसम्बन्धी कानुन निर्माण हुन सकेको छैन ।

राजनीतिक दलहरू दलितका मुद्दामा उदासीन रहेको आरोप लगाउँदै उनले आगामी निर्वाचनमा दलितको मुद्दा नसमेट्ने उम्मेद्वारलाई बहिस्कार गरिने बताए ।
उनले जनयुद्धका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले दलित मुक्ति र अन्तरजातीय विवाहलाई प्रोत्साहन गरे पनि शान्ति प्रक्रियापछि ती प्रतिबद्धता कार्यान्वयन नभएको टिप्पणी गरे ।

कार्यक्रममा अधिवक्ता चक्रमान बिश्वकर्माले जेनजी विद्रोहले सामाजिक न्यायको सवाल ओझेलमा पारेको टिप्पणी गरे। उनका अनुसार राजनीतिक दलहरूले आफ्ना घोषणा पत्रमा दलित तथा महिलाका संवैधानिक अधिकार कार्यान्वयनको विषय समावेश नगरेको आरोप लगाए । ‘उम्मेद्वारहरू विकासका सपना देखाएर भोट मागिरहेका छन्, तर न्याय र समानताको मुद्दा बोकेर कोही घरदैलो गएका छैनन्,’ उनले भने । संसद विकासभन्दा बढी कानुन निर्माण र सामाजिक न्याय सुनिश्चित गर्ने थलो भएको उल्लेख गर्दै उनले सामाजिक न्यायका पक्षधर उम्मेद्वारलाई मात्र भोट गर्न आग्रह गरे ।

सो अवसरमा काठमाडौँ क्षेत्र नं. ५ का उम्मेद्वार श्यामकाजी सुनुवारले पुराना दलहरू सुध्रिन नसकेको र आफूलाई नयाँ भन्नेहरू पनि स्पष्ट एजेन्डा विहीन रहेको आरोप लगाए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ एजेन्डा नभई नयाँ प्रधानमन्त्री बनाउने उद्देश्य मात्र रहेको टिप्पणी गरे । बालेन्द्र शाह लाई “फेसबुके प्रधानमन्त्री” बनाइएको आरोप लगाउँदै उनले बालेन र रविबीच ठगी प्रकरण मिलाउने सहमति भएको दाबी गरे ।

कार्यक्रमका वक्ताहरूले नयाँ बन्ने संसद सामाजिक न्यायप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै दलित, जेनजी तथा समग्र उत्पीडित समुदायका मुद्दा समेट्ने उम्मेद्वारलाई मात्र मत दिन अपिल गरेका छन् । सो कार्यक्रम दलित अगुवा सोनु बर्देवाले सञ्चालन गरेकि थिइन् ।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

१ घण्टा अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक