बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

“जिते पनि सेवा, हारे पनि सेवा” सन्देशसहित चुनावी मैदानमा फुयाँल

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
“जिते पनि सेवा, हारे पनि सेवा” सन्देशसहित चुनावी मैदानमा फुयाँल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । काठमाडौं क्षेत्र नं. ३  प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयाँलले “जिते पनि सेवा, हारे पनि सेवा” भन्ने स्पष्ट सन्देशसहित जनतामाझ आफ्नो प्रतिबद्धता दोहोर्‍याउनुभएको छ।

नेकपा एमाले क्षेत्र नं. ३ को बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै उहाँले चुनाव परिणामभन्दा माथि उठेर जनताको सेवामा निरन्तर लागिरहने वाचा गर्नुभयो।

“हामी मोही माग्ने तर ढुङ्ग्रो लुकाउने राजनीति गर्दैनौं, हाम्रो एजेन्डा स्पष्ट छ,” उहाँले भन्नुभयो। शब्दमा मात्रै होइन, काममा देखिने राजनीति गर्ने आफ्नो अठोट उहाँले प्रस्ट पार्नुभयो।

फुयाँलले लामो समयदेखि अड्किएको निजामती ऐन पारित गर्न पहल गर्ने र किसानको अधिकार सुनिश्चित गर्ने कुरा आफ्नो पहिलो प्राथमिकता हुने जनाउनुभयो।

“नेपालमा जनावरलाई अधिकार छ, तर किसान अझै अधिकारविहीन छन्,” भन्दै उहाँले किसानलाई ढुक्क भएर खेती–किसानी र व्यवसाय गर्न सक्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

उहाँले रोजगारीमुखी, प्राविधिक र सीपमूलक शिक्षामा जोड दिँदै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने योजना सुनाउनुभयो। क्षेत्रका जनतासँग निरन्तर सुझाव र सल्लाह लिएर अघि बढ्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

काठमाडौं क्षेत्र नं. ३ मा १३ वडा र कुल ६४ हजार ४२९ मतदाता रहेका छन्। स्थानीय तहका अधिकांश वडामा एमालेले बहुमत प्राप्त गरिसकेको दाबी गर्दै उहाँले यसपटक पनि जनताको साथ पाउने विश्वास व्यक्त गर्नुभयो।

आफू २९ वर्षदेखि देश र जनताको सेवामा सक्रिय रहेको उल्लेख गर्दै फुयाँलले काठमाडौं क्षेत्र नं. ३ का बासिन्दासँग हातेमालो गर्दै अघि बढिरहेको जनाउनुभयो। “जिते पनि देशको सेवा गर्नेछु, हारे पनि देशको सेवा गर्नेछु,” उहाँले पुनः दोहोर्‍याउनुभयो।

क्षेत्रलाई समृद्ध बनाउने उद्देश्यले काग, बाघ र पिपल उद्यान स्थापना, सम्पदा संरक्षण अभियान, खोला–पोखरी संरक्षणजस्ता कार्यक्रम सञ्चालन गरिएको पनि उहाँले जानकारी गराउनुभयो।

राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षामा एमाले सधैं दृढ रहेको उल्लेख गर्दै उहाँले “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य पूरा गर्न मतदातासँग समर्थनको अपिल गर्नुभयो। भ्रष्टाचार न्यूनीकरण, पर्यटन, शिक्षा, स्वास्थ्य र जलस्रोत विकासलाई प्राथमिकतामा राख्दै पुर्खाले निर्माण गरेका सम्पदाको संरक्षणसँगै आयआर्जन बढाउने आफ्नो सोच रहेको उहाँले स्पष्ट पार्नुभयो।

यो पनि पढ्नुहोस्

कांग्रेसले पूर्वसभामुख ढुंगानाको शोकमा झण्डा आधा झुकाउने निर्णय

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति भाेलि बैठक बस्दै

१ दिन अगाडि
कामका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने

कामका आधारमा आफ्नो भूमिका निर्वाह गर्ने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक