सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

द. अफ्रिकाले अफगानिस्तान विरुद्ध सनसनिपूर्ण जित

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । टी-२० विश्वकप अन्तर्गत समुह ‘डी’ को आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तान विरुद्ध सनसनिपूर्ण जित हासिल गरेको छ। निर्धारित २० ओभरको खेल बराबरी भएपछि सुपर ओभर मार्फत खेलको निर्णय भएको थियो।

जहाँ पहिलो सुपर ओभर पनि बराबरी भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो। दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले दिएको २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९ रनमा समेटिन पुग्दा दक्षिण अफ्रिका विजयी भएको हो।

दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले डेभिड मिलरले ४ बलमा २ चौकाको सहयोगमा १६ रन बनाएका थिए भने ट्रिस्टन स्टब्सले २ बलमा १ छक्काको सहयोगमा ७ रन बनाएका थिए। २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले सुरुवात २ बलमा पहिलो बलमा डट र दोस्रो बलमा विकेट गुमाएपनि त्यसपछि क्रिजमा आएका रमनुल्लाह गुर्वाजले लगातार ३ बलमा ३ छक्का प्रहार गर्दै १८ रन बनाए ओभरको अन्तमि बलमा दक्षिण अफ्रिकी बलर केशब महाराजाले वाइड फाले। त्यसपछि जितका लागि अन्तिम बलमा अफगानिस्तानलाइ जितका लागि ५ रन चाहिएको थियो। तर उनले उठाएर प्रहार गरेको बल क्याच हुन पुग्दा अफगानि खेलाडीको आँखामा आँशु देखिएको थियो।

त्यसअघि पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गर्दै अफगानिस्तानले १७ रन बनायो। उसका ओपनर अज्मतुल्लाह ओमरजाइले ५ बलमा १६ रन बनाउँदा रमनुल्लाह गुर्वाजले १ रन बनाए। जवाफमा दक्षिण अफ्रिकाले पनि १७ रननै बनायो। उसका लागि ट्रिस्टन स्टब्सले १० रन बनाउँदा डेवार्ड ब्रेभिसले ६ तथा डेभिड मिलरले १ रन बनाएका थिए। त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो।

त्यसअघि निर्धारित २० ओभरको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो। उसका लागि रयान रिकेल्टनले ६१ रनको अर्धशतकीय इनिङ खेल्दा क्विन्टन डिककले पनि ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यस्तै डेवाल्ड ब्रेभिसले २३ तथा डेभिड मिलरले २० रनको नटआउट इनिङ खेले। जवाफमा अफगानिस्तान १८.४ ओभरमा अलआउट हुँदै १ सय ८७ रननै बनाउन सक्यो।

उसका लागि रहमनुल्लाह गुर्वाजले ८४ रनको इनिङ खेल्दा अजमतुल्लाह ओमरजाइले २२ तथा कप्तान रसिद खानले २० रन बनाएका थिए।
हारसँगै अफगानिस्तानको सुपर आठको सम्भावना कमजोर बनेको छ। प्रतियोगितामा दक्षिण अफ्रिका र न्युजिल्यान्डले आफ्ना दुबै खेलमा जित हासिल गरेका छन्। यसअघि पहिलो खेलमा अफगानिस्तान न्युजिल्यान्डसँग पनि हाइस्कोरिङ खेलमै पराजित भएको थियो। जहाँ अफगानिस्तानले १ सय ८२ रन बनाएपनि न्युजिल्यान्डले १७ बल अगाडीनै ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

यो पनि पढ्नुहोस्

शिक्षक सरुवामा कडाइ

शिक्षक सरुवामा कडाइ

२ घण्टा अगाडि
‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक