शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उत्खनन्मा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट घुससहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकामा माछा पोखरी निर्माणका क्रममा भएको उत्खनन्मा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको छ।

आयोगले नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर र कर्मचारीहरूसहित सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुखसहित १४ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले नगरप्रमुख थापा, उपप्रमुख लिला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल र इन्जिनियर सागर पौडेललाई प्रतिवादी बनाएको छ।

त्यस्तै आयोगले सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुखहरू विशाल घिमिरे, देवेशमणि त्रिपाठी, राम किशोर यादव, प्रेमीलाल प्रसाद कलवार, जितेन्द्र कर्माचाय र सहायक वन अधिकृतहरू भोला यादवलाई प्रतिवादी बनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बागमती नगरपालिकाले सागरनाथ वन विकास परियोजना अन्तर्गतको मुर्तिया वन व्यवस्थापन शाखाको क्षेत्रमा क्षेत्राधिकार मिचेर माछा पोखरी निर्माण गरेको जनाए।

पोखरी निर्माणका क्रममा उत्खनन् गर्दा नदीजन्य वस्तुहरु ढुङ्गा, गिट्टी, बालुवा रोयल्टी नतिरी राजस्व चुहावट गरेको आयोगको दाबी छ।

आयोगले नगरपालिकाले ७ करोड ३८ लाख ९३ हजार ५०८ क्यू फिट नदीजन्य पदार्थ उत्खनन् गरेको दाबी गरेको छ। जसबाट राज्य कोषलाई ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ हानी नोक्सानी भएको अभियोगपत्रमा उल्लेख गरेको छ।

आयोगले अनुसन्धानका क्रममा सागरनाथ वन विकास परियोजनाले उक्त क्षेत्र सरकारी वनजंगल भएको र त्यहाँ उत्खनन गर्न नमिल्ने भनी पटक पटक पत्राचार गरेको पाइएको छ । त्यसलाई उल्लंघन गर्दै नगरपालिकाले बलपूर्वक वन क्षेत्रमा प्रवेश गरी वातावरणीय प्रभाव मूल्याङ्कन समेत नगरी पोखरी निर्माण गरेको पाइएको छ।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

४ घण्टा अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक