शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

जाँचबुझ आयोगको म्याद थप गरेपछि पूर्वमन्त्री सुमना श्रेष्ठ असन्तुष्टि

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
जाँचबुझ आयोगको म्याद थप गरेपछि पूर्वमन्त्री सुमना श्रेष्ठ असन्तुष्टि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनाएको जाँचबुझ आयोगको म्याद थप गरेपछि पूर्वमन्त्री सुमना श्रेष्ठले त्यसमा असन्तुष्टि जनाएकी छन् । मंगलबार सचिवालयमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुमनाले आयोगको प्रतिवेदन पर धकेलेको भन्दै प्रश्नैप्रश्न गरेकी छन् ।

‘गौरीबहादुर आयोगको प्रतिवेदन सार्वजनिक भइसक्नुपर्ने, तेस्रोपटक पछि धकेलियो, अब चुनावअघि सार्वजनिक हुँदैन,’ सुमनाले भनेकी छन्, ‘अब के हुन्छ ? यसले जसलाई अप्ठेरो पर्थ्यो, उसलाई त हाइसञ्चो भैहाल्यो ।’ त्यसले  अन्य राजनीतिक दललाई पनि कुनै प्रभाव नपरेको भन्दै उनले प्रश्न गरेकी छन् । ‘अरू राजनीतिक दलको आक्रोश छैन ? भविष्यको नेता हुनेलाई कुनै आपत्ति छैन ? कि चुनाव अघि सरिहाल्यो त्यति भए पुग्यो ?,’ उनले प्रश्न गरेकी छन् । कि दोष अरूलाई थोपरेर आफू सफा बन्न पाइन्छ भन्ने सोच नयाँ नेतामा पनि हो ? भनेर उनले अर्को प्रश्न गरेकी छन् ।

‘मल्लिक आयोग, रायमाझी आयोग, लाल आयोग– कति जनालाई सम्झना छ ? मिडिया चक्रबाट यो आन्दोलनलाई अरू खबरले विस्थापित गर्छ, हामी बिर्सन्छौँ, यसको सम्झना शहीद परिवार र घाइतेमा मात्र सीमित हुन्छ,’ सुमनाले अगाडि लेखेकी छन् ।

एनले राज्यको दण्डहीनता कहिले अन्त्य हुन्छ ? कहिलेसम्म असहमति राख्नेहरू दमन सहन्छन् ? भनेर पनि प्रश्न गरेकी छन् । उनले अगाडि सोधेकी छन्, ‘यत्रो सब केवल चुनाव अघि सार्नको लागि मात्रै थियो ? राज्यले आन्दोलनलाई कसरी हेर्छ परिवर्तन हुन्छ कि हुन्न ?’

चुनावपछि पनि प्रतिवेदन पूरै रूपमा प्रकाशित हुन्छ कि काटछाँट हुन्छ, अथवा दराजभित्र थन्काइन्छ, भनेर पनि उनले प्रश्न गरेकी छन् ।

‘कि कुनै बेला कसैलाई साइजमा ल्याउनपरे  शान्ति निरूपण(टिआरसी), अर्कोलाई अरू फाइल खोल्छु भनेर मोलमोलाई गर्नलाई मात्र प्रयोग हुन्छ ?,’ सुमनाले सोधेकी छन् ।

चुनाव अगाडि चुनाव बिथोलिने र चुनावपछि शान्ति सुरक्षाको बहानामा आयोगको प्रतिवेदन सार्वजनिक नहुने चिन्ता सुमनाले देखाएकी छन् ।

‘राजनीतिकर्मी जवाफदेही हुनैपर्छ । राज्यको सुरक्षा संयन्त्र सुधार हुनैपर्छ । न्याय बिना शान्ति हुँदैन,’ सुमनाले भनेकी छन्, ‘बिर्सने होइन- जवाफ माग्नैपर्छ । चुनावी घरदैलोमा आउने हरेक नेतासँग प्रतिबद्धता माग्नुस् ।’

यो पनि पढ्नुहोस्

पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

जग्गा अतिक्रमणकारीलाई ७ दिनभित्र खाली गर्न त्रिविकाे अल्टिमेटम

१४ मिनेट अगाडि
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक