शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एकै चरणमा मतदान हुनुपर्ने केपीकाे धारणा

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
आज साँझ शिक्षक महासंघका प्रतिनिधि र प्रम ओलीबीच भेट हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । निर्वाचनको माहोल अझै पूर्ण रूपमा नबनेको भन्दै सरकारमाथि दबाब बढाइरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै तोकिएकै मितिमा एकै चरणमा मतदान हुनुपर्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घण्टा चलेको भेटवार्तामा ओलीले कुनै क्षेत्रमा निर्वाचन सार्नुपर्ने वा रद्द गर्नुपर्ने अवस्था आए पनि लामो अन्तर नराख्न, मतदान सकिएलगत्तै मतगणना सुरु गर्न र सेनालाई ‘ब्याक फोर्स’को रूपमा मात्र परिचालन गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार ओलीको जोड एकै चरणमा चुनाव सम्पन्न होस् भन्नेमा थियो । यदि कुनै कारणले ढिलाइ वा स्थगन गर्नुपरे पनि धेरै ग्याप नहोस्, मतदानपछि तुरुन्तै मतगणना सुरु होस् र सेना सहायक शक्तिको रूपमा मात्रै सीमित रहोस् भन्ने उनको चासो रहेको रावलले जनाए ।

जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचन तोकिएकै मितिमा र एकै चरणमा हुने स्पष्ट पार्दै कुनै पनि हालतमा मिति परिवर्तन नहुने बताएकी थिइन् ।छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको रावलको धारणा छ ।

भेटका क्रममा ओलीले आफू शुक्रबार झापा जाने कार्यक्रम रहेको जानकारी गराएका थिए ।

झापाको सन्दर्भ उठेपछि प्रधानमन्त्री कार्कीले त्यहाँ शान्तिपूर्ण वातावरण कायम गर्न सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँदै राज्यले कसैप्रति विभेद नगर्ने धारणा राखेकी थिइन् । साथै, सरकारतर्फ कमजोरी भए सच्याउन तयार रहेको उल्लेख गर्दै उनले यस चुनावलाई असामान्य परिस्थितिको महत्वपूर्ण अध्यायका रूपमा जिम्मेवारीपूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

जवाफमा ओलीले एमाले शान्तिपूर्ण राजनीतिक प्रक्रियामा विश्वास गर्ने पार्टी भएकाले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने जनाएका थिए । उनले एमालेले कहिल्यै बल प्रयोग नगर्ने, धाँधली वा बुथ क्याप्चरजस्ता गतिविधिमा संलग्न नभएको दाबी गर्दै आफ्नो क्षेत्रमा विगतमा यस्ता घटना नभएको उल्लेख गरे । यसका साथै ओलीले आफ्नो सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस्

संघीय संसद्को संसदीय सुनुवाइ समितिकाे बैठक आज बस्दै

संसदीय समितिहरूको सभापतिको निर्वाचन आज

४ मिनेट अगाडि
आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आमाको मुख हेर्ने पर्व आज भक्तिसाथ मनाइँदै

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक