काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । शुक्रबार उनलाई ललितपुरको चाल्नाखेलबाट प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रसाईँमाथि लागेको अभियोजन भने प्रहरीले खुलाएको छैन । पक्राउ पर्नु अघि प्रहरीलाई प्रसाईँले आफ्नो पक्राउ पुर्जी देखाउन र कुन अभियोजनमा हो भन्न बारम्बार आग्रह गरेको भिडियो समाग्रीमा देख्न सकिन्छ ।
त्यस्तै, यसअघि सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौं पुराएको र ६ गतेनै उनी हाजिर जमानीमा छुटेका थिए ।
मेडिकल व्यवसायी प्रसाईँ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत हुन ।


