काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-१ स्थित सोही उपमहानगरपालिका-५ बस्ने हरी सिंह धामीले संचालन गरेको डायग्नोस्टिक ल्याबमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब १ करोड ३४ लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
महोत्तरी, औरही नगरपालिका-१ बस्ने नगिना देवी यादव समेत १० जनाको उखु खेतमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १३ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मकवानपुर, बागमती गाउँपालिका-९ कुरूले बस्ने लिक बहादुर विश्वकर्माको घर र गोठमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ मुसर्निमाई मन्दिर नजिक बस्ने बिन्दु दाहालको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


