काठमाडौं । नेपाली कांग्रेसको अधिकारिकता दाबी गर्दै शेरबहादुर देउवा पक्षको रिट सर्वोच्च अदालतमा पेस भएको छ ।
रिट पेस गर्न कांग्रेसको संस्थापन पक्षका नेता सर्वोच्च पुगेका छन् । तर, उक्त समूहमा डा. शेखर कोइराला पक्षका कुनै नेता देखिएका छैनन्
। देउवा पक्षका एक केन्द्रीय सदस्यका अनुसार रिटमा नेता कोइराला पक्षका सबैले हस्ताक्षर गरेका छन् । तर, अदालतमा भने उपस्थित नदेखिएको ती केन्द्रीय सदस्यको धारणा छ ।


