काठमाडाैं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी निर्णयको विरोध गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ।
निर्वाचन आयोगको कांग्रेसको आधिकारिकता सम्बन्धी निर्णय असंवैधानिक भएको भन्दै माइतीघर मण्डलामा कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरूले विरोध प्रदर्शन गर्दै छन्।
प्रदर्शनकारीहरूले निर्वाचन आयोग ‘निष्पक्ष बन’, ‘संविधानमा प्रहार सहदैनौँ बारम्बार,’ ‘लोकतन्त्र मास्न पाइँदेन’ लगायतका पम्प्लेट बोकेका छन्।


