काठमाडौं । हिरासतबाट भागेका दुई थुनुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको मरिण घर भएका २९ वर्षीय उर्गेन लामा र बाराको सिमराका २९ वर्षीय उमेश भ्लोन छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरु लागुऔषध मुद्दाका थुनुवा हुन् ।
लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएका उनीहरू जेनजी आन्दोलनको क्रममा २४ भदौमा फरार भएका थिए । पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।


