काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ३ ठूला दलका शीर्ष नेतासँग राष्ट्रपति निवासमा छलफल सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस अघि प्रधानमन्त्रीसँगको छलफलमा तीन ठूला दलका दोस्रो र तेस्रो तहका नेताहरु सहभागी हुँदै आएका थिए ।

