काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको पुरानै जिम्मेवारीमा फर्कीएका छन् ।
पक्राउ परेलगत्तै उपसभापति डोलप्रसाद(डिपी) अर्याललाई कार्यवहाक दिएका लामिछाने थुनामुक्त भएसँगै आज २ सय ६६ दिनपछि पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा पुगेका छन् ।
लामिछानेलाई पार्टी कार्यालयमा स्वागत गर्दै कार्यवहाक सभापति अर्यालले जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गरेका हुन् ।
बनस्थलीस्थित पार्टी कार्यालयमा हजारौँ कार्यकर्ता एवं शुचेच्छुकहरू उपस्थित भएका छन् ।
उनलाई बाजागाजासहित रास्वपाका कार्यवहाक सभापति डिपी अर्याल लगायतका नेताहरुले स्वागत गरेका हुन् ।


