शुक्र, पुस ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमालेको उपाध्यक्षमा रघुजी पन्तले मौन विद्रोह गरेर जित्याे

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा उपाध्यक्षमा रघुजी पन्तले मौन विद्रोह गरेर जितेका छन्।

अन्य उम्मेदावरहरूले आक्रमक प्रचार गर्दा रघुजीले मौन बसेरै उपाध्यक्ष पदमा निर्वाचन जितेका छन्।

पाँचजना उपाध्यक्षका लागि भएको निर्वाचनमा पन्तले १२ सय ५८ मत ल्याएर निर्वाचित भए। अन्य उम्मेदवारहरूमा गोकर्ण विष्ट ईश्वर पोखरेल प्यानलबाट निर्वाचित भए।

एमालेको दशौँ महाधिवेशनमा उपाध्यक्ष पदमा हारेका उनी एघारौं महाधिवेशनमा निर्वाचित भएका हुन्।

मौन बसेका उनलाई ईश्वर पोखराल प्यानल र केपी शर्मा ओली टिमकै केही नेताहरूले सहयोग गरेका थिए। तर उनले प्रचार गरेको देखिएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटबाट विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षामन्त्री भएका पन्तको यो जितलाई अर्थपूर्ण मानिएको छ।

अध्ययन अनुसन्धान र लेखपढमा दक्षता राख्ने हुने बौद्धिक नेता हुँदाहुँदै पनि एमालेमा अवसर नपाएका नेताका रुपमा उनी गनिन्थे ।

यससँगै उपाध्यक्षमा ओली प्यानलका विष्णु पौडेल, रामबहादुर थापा बादल र पृथ्वी सुब्बा गुरुङ निर्वाचित भएका छन्।

पन्तले विभिन्न ओलीका अभिव्यक्तिहरूमा बौद्धिक रूपले तार्किक जवाफ दिने गरेका थिए । मीनबहादुर गुरुङको जग्गादान लिएको विषयमा उनले असन्तुष्टि राखेका थिए ।

मनमोहनका अनुयायी

पत्रकारिताबाट आएका उनले दृष्टि बुधबार छलफल लगायतका पत्रिकामा काम गरेका छन्। नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको राजनीति प्रेरणाबाट शिक्षित उनी हरेक राजनीति निर्णयहरूमा उनको मार्गदर्शनलाई सम्झने गर्छन्।

ओलीको निरंकुशतामाथि प्रश्न उठाएपछि उनी माधव नेपाल समूहमा नेकपा विगठनपछि लागेका थिए। तर सर्वोच्च अदालतले नेकपा विगठन गरेपछि उनी एमालेमै योगेशहरूसँग यथावत रहेको थिए ।

रघुजीले स्वतन्त्र रूपमा उपाध्यक्षको निर्वाचन जितेपछि सबैले उनको प्रशंसा गरेका छन् । २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदा राम्रो भूमिका निर्वाह गरेको पाइन्छ।

महाधिवेशनमा राम्रो मत ल्याएर रघुजी निर्वाचित भएपछि ओलीका एक आलोचक जोडिएका छन् । उनले ओलीलाई बौद्धिक र तार्किक बहसबाट चुनौती दिन सक्छन् ।

यो पनि पढ्नुहोस्

न्यायको लडाइँ बाँकी

न्यायको लडाइँ बाँकी

२ घण्टा अगाडि
एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने

एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

न्यायको लडाइँ बाँकी

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी

विपिन जोशीको स्मृतिमा शालिक स्थापना गर्ने

घट्याे सुनको भाउ

रवि पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने

रास्वपाकाे समानुपातिक उमेदवार नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक