काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने युवराज राना मगरको कुखुरा फर्ममा शनिबार राति आगलागी हुँदा करिब १ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी, दुहबी नगरपालिका-५ स्थित पशुपति बिस्कुट फ्याक्ट्रीमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, अर्जुनधारा नगरपालिका-५ बिहीबारे बस्ने योगराज दाहालको ग्वालीमा आइतबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


