शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रलोपाले देशभर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
प्रलोपाले देशभर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशभर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । प्रलोपाको विस्तारित बैठकले जिएस गुरुङको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको हो ।

अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोबले शनिबार प्रेस विज्ञप्तिमार्फत विस्तारित बैठकले कार्यदलका सदस्यहरू जटिल कार्की, अमित खनाल ऊर्जा, सम्झना राई, ध्रुवप्रसाद काप्री, मञ्जु मिक्चान र दीपक महतो रहने गरी कार्यदल बनाउने निर्णय गरेको जानकारी जनाए ।

विज्ञप्तिमा भनिएको छ,’राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तथा भ्रष्टाचार र विभेदविरुद्ध एकजुट हुन सम्पूर्ण प्रगतिशील, लोकतान्त्रिक र वामपन्थी शक्तिलाई आह्वान गर्दछौँ । साथै, तोकिएको समयमा निर्वाचन गराउनका लागि वातावरण बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै पार्टीले बृहत् एकीकरण, ध्रुवीकरण र सहकार्यका लागि वार्ता गर्ने पनि निर्णय गरेको छ ।’

गत आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कर्मी, सुदन किराती, सन्तोष परियारलगायत नेताहरूको सक्रियतामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) घोषणा गरिएको थियो ।

प्रलोपाको अध्यक्ष परिषद्को विस्तारित बैठकले केन्द्रीय समितिको प्रथम पूर्ण बैठक यही मङ्सिर २५–२६ गते सम्पन्न गर्ने, विधान निर्माण, केन्द्रीय समितिको आकार र विभागहरू नामकाजी नभएर कामकाजी बनाउने, निर्वाचन क्षेत्रमा खट्ने सक्रिय युवालाई प्रत्येक निर्वाचन क्षेत्रबाट केन्द्रीय समितिमा समेट्ने गरी प्राथमिकता दिने, केन्द्रीय आयोग, केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र प्रदेश अध्यक्ष परिषद्सम्म पदेन केन्द्रीय समितिको भूमिकामा रहने व्यवस्थासहित प्रस्ताव गर्ने निर्णय गरेको अध्यक्ष परिषद्का अध्यक्ष सोबले जानकारी दिए।

उनका अनुसार आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सदस्य निर्वाचन र सुशासन केन्द्रित प्रचारप्रसारलाई तीव्रता दिन आइटी सञ्चारलाई व्यवस्थित गर्ने पनि पार्टीले निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

५ घण्टा अगाडि
देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक