धनगढी । कैलालीमा करीब १५ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–११ बेला बस्ने २७ वर्षीय धनिराम राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जनाए ।
उनको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको १४ ग्राम ९२० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको धारणा छ ।


