शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अनुसन्धानको नाटक चोख्याउनलाई भन्ने नहोस्

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हालै पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काको घरमा जलेका रकमको अनुसन्धान सुरु गरेको छ । यसले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचार र कालोधनको मुद्दालाई पुनः सतहमा ल्याएको छ । हालैको जेन–जी विद्रोहले पनि भ्रष्टाचार र शक्तिको दुरुपयोगविरुद्ध युवाहरुको आक्रोशलाई स्पष्ट रूपमा उजागर गरेको छ । यस्तो अवस्थामा सरकारको सक्रियता र पारदर्शी अनुसन्धानले मात्र यो समस्याको समाधान गर्न सक्छ । तर, विगतका अनुभवहरुले यो अनुसन्धान केवल अनुसन्धानमै सीमित हुनसक्ने, नेताहरुलाई चोख्याउने प्रयास हुने र कारबाही अघि नबढ्ने आशंका पनि उत्पन्न गरेको छ । त्यसैले पनि विगतको जस्तो गल्ती गर्ने छुट सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई । यदि यस्ता अनुसन्धानहरुलाई गम्भीरतापूर्वक अघि नबढाएर नेताहरुलाई चोख्याउने प्रयास गर्नु जनताको विश्वासमाथि ठूलो आघात गर्नु पनि हो ।

नेपालमा भ्रष्टाचार र कालोधनको समस्या नयाँ होइन । लामो समयदेखि नेताहरु र उच्चपदस्थ व्यक्तिहरुले आफ्नो शक्तिको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ । त्यसकारण बेलाबेलामा २०४८ सालयताका नेता, उच्चपदस्थ कर्मचारी तथा व्यक्तिको छानबिनको माग उठ्दै आएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पछिल्लो कदमले यस्ता गतिविधिहरुको छानबिनमा नयाँ आशा जगाएको छ । विगतमा भ्रष्टाचारका सम्बन्धमा केही ठूला नेतामाथि अनुसन्धान नभएका पनि होइनन् । तर प्रायः अनुसन्धान निष्कर्षविहीन भएका छन् वा दोषीहरुलाई उन्मुक्ति दिइएको छ । यसले जनतामा सरकार र न्यायिक प्रणालीप्रति अविश्वास बढाएको छ ।

देउवा र खड्काको मामिलामा पनि अनुसन्धानलाई प्रभावकारी बनाउन गम्भीर कदम चाल्नुपर्छ । अनुसन्धान प्रक्रिया पूर्णरूपमा स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । अनुसन्धान टोलीमा स्वतन्त्र विज्ञहरु, नागरिक समाजका प्रतिनिधिहरु र मिडियाको संलग्नता सुनिश्चित गर्नुपर्छ । अनुसन्धानको प्रगति र नतिजालाई नियमित रूपमा जनतासमक्ष सार्वजनिक गर्नुपर्छ । दोषी ठहरिएकालाई कडा कारबाही गर्नुपर्छ, चाहे तिनीहरु जतिसुकै शक्तिशाली किन नहोऊन् ।

हालैको जेन–जी विद्रोहले सरकारलाई भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्न दबाब सिर्जना गरेको छ । युवाहरुले नेताहरुको कालोधन र अवैध सम्पत्तिको अनुसन्धान र कारबाहीको माग गरेका छन् । यो मागलाई बेवास्ता गर्नु भनेको समाजमा असन्तुष्टि र अस्थिरता बढाउनु हो । जेन–जी विद्रोहले यो पनि देखाएको छ कि जनता अब चुप लागेर बस्ने पक्षमा छैनन् । सामाजिक सञ्जाल र मिडियाको व्यापक प्रयोगले यस्ता मुद्दाहरु छिट्टै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुग्छन् । त्यसैले, सरकारले यस्ता मुद्दाहरुमा अनुसन्धान र कारबाही अघि बढाउन ढिलासुस्ती गर्नुहुँदैन ।

कालोधनविरुद्धको कारबाही केवल कानुनी दायित्व मात्र होइन, यो नैतिक र सामाजिक जिम्मेवारी पनि हो । कालोधनले अर्थतन्त्रलाई कमजोर बनाउँछ, सामाजिक असमानता बढाउँछ र गरिबी निवारणका प्रयासहरुलाई बाधा पु¥याउँछ । नेपालजस्तो विकासोन्मुख देशमा कालोधनको नियन्त्रणले आर्थिक समृद्धि र सामाजिक न्यायलाई सघाउ पु¥याउँछ । त्यसैले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारसम्बन्धी कानुनहरुलाई थप कडा र प्रभावकारी बनाउनुपर्छ । दोषीहरुलाई उन्मुक्ति दिने कानुनी खाडलहरुलाई बन्द गर्नुपर्छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संस्थाहरुलाई थप स्वायत्तता र स्रोतसाधन उपलब्ध गराउनुपर्छ । कालोधन विदेशी बैंकहरुमा जम्मा हुने प्रवृत्तिलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र सन्धिहरुको उपयोग गर्नुपर्छ । भ्रष्टाचार र कालोधनविरुद्ध जनचेतना फैलाउन मिडिया, नागरिक समाज र शिक्षण संस्थाहरुको सहयोग लिनुपर्छ । सरकारी खर्च, सम्पत्ति विवरण र अनुसन्धान प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ ।

नेपालमा विगतमा भ्रष्टाचार र कालोधनका अनुसन्धानहरु प्रायः नेताहरुलाई चोख्याउने नाटकजस्ता देखिएका छन् । यस्ता अनुसन्धानहरुले दोषीहरुलाई कारबाही गर्नुभन्दा पनि उनीहरुको प्रभाव र शक्तिलाई जोगाउने काम गरेको आरोप लाग्दै आएको छ । यस्तो प्रवृत्तिले जनताको विश्वासमाथि गम्भीर आघात पु¥याएको छ । शेरबहादुर देउवा र दीपक खड्काको मामिलामा पनि यस्तै आशंका छ । यदि यो अनुसन्धानले ठोस नतिजा दिन सकेन भने जनताको आक्रोश थप बढ्नेछ । त्यसैले, सरकारले यो अनुसन्धानलाई निष्पक्ष र पारदर्शी रूपमा अघि बढाउनुपर्छ । दोषी ठहरिएकालाई कडा सजाय र सम्पत्ति जफत गर्नुपर्छ ।

नेपाल सरकारको सक्रियता बिना कालोधन र भ्रष्टाचारविरुद्धको लडाइँ सम्भव छैन । भ्रष्टाचार र कालोधनविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ । अनुसन्धान प्रक्रियालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्छ । दोषीहरुलाई छिटो र कडा कारबाही गर्नुपर्छ । जनताको सहभागिता र विश्वास जित्न पारदर्शी र समावेशी प्रक्रिया अपनाउनुपर्छ । नेपालमा भ्रष्टाचार र कालोधनको समस्याले देशको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर अवरोध खडा गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पछिल्लो कदमले यो समस्यालाई सम्बोधन गर्ने अवसर प्रदान गरेको छ । सरकारले निष्पक्ष, पारदर्शी र प्रभावकारी अनुसन्धानमार्फत दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । जेन–जी विद्रोहले देखाएको युवा आक्रोश र जनताको अपेक्षालाई बेवास्ता गर्नु भनेको देशलाई थप अस्थिरतातर्फ धकेल्नु हो । कालोधन र भ्रष्टाचारविरुद्धको लडाइँमा सरकारको सक्रियता र प्रतिबद्धताले मात्र नेपाललाई समृद्ध र न्यायपूर्ण समाजतर्फ अघि बढाउन सक्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

२ घण्टा अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

कर्मचारी ट्रेड युनियन ऐन भत्काउने अभियान अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक