शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कांग्रेस र एमालेलाई कानून लागेन यो लोकतन्त्रमा !

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

३ घण्टा अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

३ घण्टा अगाडि
-सबि भट्टराई

नेपालमा लोकतन्त्र स्थापनाको दुई दशक पुगिसकेको छ । तर, शक्तिमा रहेका नेताहरु कानुनभन्दा माथि हुने प्रवृत्ति कायमै छ । अर्कोतर्फ शासनसत्तामा रहेकाहरुले काननु आफ्ना विरोधीलाई तह लगाउने माध्यम बनाउँदै आएका छन् । एउटै मुद्दामा नेताहरुले उन्मुक्ति पाउँदा सर्वसाधारणले भने दण्ड भोग्दै आएका छन् । त्यसैले कानुन शक्तिशालीलाई नभई निर्धाहरुका लागि भन्ने स्थापित हुँदै गएको छ ।

अहिले सरकारमा पहिलो र दोस्रो दल कांग्रेस र एमाले छन् । यी मुख्य दलले विगतका कैयौं वर्षदेखि पालैपालो एकआपसमा र अन्य विभिन्न दलसँग गठबन्धन गरेर शासनसत्ता सम्हाल्दै आएका छन् । त्यसकारण यिनै दलका नेताहरुले सरकारमा पटकपटक अवसर पाउनु स्वाभाविक हो । सत्ता र शक्तिमा रहँदा यी दलका नेताहरुमाथि पटकपटक अनियमितता, भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । तर, आश्चर्य के छ भने, ती जुनसुकै प्रकरणमा उनीहरुमाथि विरलै छानबिन हुने गरेको छ, छानबिन भएपछि पनि तल्लो तहको कर्मचारीले सजाय पाउँदा यी नेताहरुले उन्मुक्ति पाउँदै आएका छन् ।

अहिले कांग्रेस र एमालेको गठबन्धनमा सरकार बन्दा पनि त्यही प्रवृत्ति कायम छ । उदाहरणका लागि कोशी प्रदेशका एमाले सांसद तथा पूर्वमन्त्री लीलावल्लभ अधिकारीमाथि जापानमा मानव तस्करीमा संलग्न भएको आरोप लाग्यो । युवालाई रोजगारीका नाममा ठगी गरेर तस्करी गराइएको यो गम्भीर मुद्दा हो । तर उनले उन्मुक्ति पाए । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अधिकारीको संलग्नता पुष्टि हुने पर्याप्त आधार र तथ्य नभेटिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । यद्यपि, सोही प्रकरणमा संलग्न ११ जनाविरुद्ध भने किर्ते र मानव बेचबिखनको मुद्दा दायर भएको छ । अधिकारीमाथि तीन जना व्यक्तिलाई नक्कली कागजात बनाएर जापान लगेको आरोप थियो । ती व्यक्तिहरूसहित अधिकारीलाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाट डिपोर्ट गरेको थियो । प्रहरीले अधिकारीको संलग्नता देखिने आधार र प्रमाण भेटिएको दाबी गरे पनि सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

यस्तै, सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ, सांसद माया राई र एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जली कोइरालाको नाम खुलेरै आइसकेको छ । लाखौं सर्वसाधारणको पसिनाको पैसा लुटिएको छ, तर ती नेताहरू राजनीतिक पहुँचको आधारमा उन्मुक्ति पाइरहेको आरोप छ । गृहमन्त्रीजस्तो गम्भीर पदमा बसेका कांग्रेस नेता रमेश लेखक भिजिट भिसाको नाममा मानव तस्करीको आरोपमा मुछिएका थिए । तर, सत्ता, पद र पहुँचकै कारण उनीमाथि छानबिन अघि बढ्न नसकेको आरोप छ । उता कांग्रेस सांसद विनोद चौधरीमाथि बाँसबारी अस्पताल क्षेत्रको सरकारी जग्गा हत्याएको आरोप थियो । यो प्रकरण पनि छानबिन निष्कर्षमा पुग्न सकेको छैन ।

एमाले सांसद तथा पूर्वमन्त्री राजकुमार गुप्ता र मन्त्री बलराम अधिकारीले पोखराको लिची बगानको सरकारी जग्गा हिनामिना गर्न घुस डिल गरेको विषय सार्वजनिक भएको थियो । यस प्रकरणमा गुप्ताले राजीनामा दिइसकेका छन् । तर थप छानबिन र कारबाहीको प्रक्रिया थाती नै छ । उता, टेरामक्स प्रकरणमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका गोकुल बाँस्कोटा मुछिएका थिए । उनीहरू अहिले पनि सक्रिय राजनीतिमै छन् ।

कांग्रेस नेता मोहम्मद आफताब आलममाथि इँटाभट्टामा मानिस जिउँदै जलाएको जघन्य आरोप छ । यो प्रकरणमा उनी पुर्पक्षका लागि थुनामा थिए, तर उनलाई अहिले उच्च अदालतले सफाइ दिएसँगै रिहा भएका छन् । झापामा किशोरी बलात्कारको आरोप लागेका एमाले नेता ध्रुवबहादुर शिवाकोटी, किशोरीलाई घरेलु कामदार बनाएको अभियोगमा एमालेकी रेखा शर्मा र भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेसका पूर्वगृहमन्त्री बालकृष्ण खाण, यी सबै प्रकरणमा नेताहरुले उन्मुक्ति पाएका छन् ।

यी सम्पूर्ण घटनाले देखाउँछ कि नेपालको तथाकथित लोकतन्त्रमा ठूलो दलका नेताहरूमाथि कानूनी शासन लाग्दैन । जब आरोपितहरु संसदमा कानून बनाउने ठाउँमा बस्छन्, अदालत र अनुसन्धान संस्थाहरू उनीहरूको दबाबमा काम गर्छन्, तब लोकतन्त्र, संविधान र विधिको शासन केवल देखावटी बन्छ । न्यायको मूल मर्म ‘सबैका लागि समान कानून’ हो । तर आज नेपालमा कानून शक्तिहीनका लागि मात्रै लागू हुँदै आएको छन्, शक्तिशालीहरुले कानूनी छिद्र प्रयोग गरेर सहजै उन्मुक्ति पाइरहेका छन् । यस्तो कार्यमा सत्तामा रहेका र देश तथा जनताका लागि जिम्मेवार भनिएका कांग्रेस वा एमाले नै अग्रसर हुनु दुर्भाग्य हो ।

यी प्रकरणहरूले स्पष्ट पार्छ कि नेपालको लोकतन्त्रमा कानुन ठूला दलका नेताहरूलाई लाग्दैन । सत्तामा रहँदा उनीहरूले आफ्ना अपराध लुकाउने र विपक्षीलाई फसाउने काम गर्छन् । यो दण्डहीनताले जनताको विश्वास घटाएको छ र लोकतन्त्रलाई कमजोर बनाएको छ । अब आवश्यक छ स्वतन्त्र न्यायालय र पारदर्शी छानबिन । अन्यथा, यो लोकतन्त्रमा कानुन साधारण जनतालाई मात्र लाग्ने र ठूला नेताहरू मुक्त रहने प्रवृत्ति जारी रहनेछ । जनधारणा साप्ताहिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक