काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उपसभामुख इन्दिरा राना संस्थापक रहेको बन्दी सहायता (पिए)नेपालसंग बालबालिकाको विवरण मागेको छ । ब्यूरोले भदौ ९ गते बन्दी सहायता नेपाललाई एक पत्र लेख्दै ५ बालबालिकाको विवरण र हालको अवस्था बारे जानकारी दिन भनेको छ ।
पत्रमा २०७२ सालको दशैँमा टिका लगाउन गएका बालबालिका पिए नेपालका प्रतिनिधिसँग घर गएर नफर्किएको भन्ने बाल सङ्गठन सिफलको पत्र प्राप्त भएको उल्लेख गर्दै विवरण माग गरिएको छ ।
ब्यूरो पठाएको पत्रमा जिम्मा लिँदाको बखतका कागजी प्रक्रियाको छायाँ कपि माग गरिएको छ । ब्यूरोले पठाएको पत्रको जवाफ पिए नेपालले फकाईसकेको जनाइएको छ ।
पिए नेपालका एक अधिकारीका अनुसार आइतबार ब्यूरोका प्रहरी निरिक्षकले पत्र लगेर कार्यालय पुगेका थिए । उक्त पत्रमा सोधिएका सम्पूर्ण विवरण खुलाएर प्रहरीलाई जवाफ पठाइएको पिए नेपालका अधिकारीहरुले जनाएका छन् ।


