काठमाडौं । केहि दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलित उखु किसानलाई समर्थन गर्न नेताहरु पुगेका छन् ।
आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्वउपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायाकाजी श्रेष्ठ माइतीघर पुगेका छन् । उनीहरुसहित सांसद तथा नेताहरु पनि सहभागी भएका थिए ।
उखु किसानहरुले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग सहित आन्दोलन गरिरहेका छन् । साथै यस्तै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि उनीहरूले उठाएका छन् ।
माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बसेका उनीहरूले आर्थिक वर्ष २०८१/८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने, आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफल गरेर मात्र गर्नुपर्ने माग गरेका छन् ।


