काठमाडौं । मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२ तल्लो छाप बस्ने ५ वर्षीय विनोद बम्जनको सोही ठाउँस्थित कार्की खोलाले बगाएर आइतबार दिउँसो मृत्यु भएको छ । खोलाले बगाएको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय मकवानपुरगढी समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित राप्ती खोलाको बगरमा उनको शव फेला परेको हो ।
दाङ, लमही नगरपालिका-३ श्रीगाउँ बस्ने प्रेमलाल चौधरीको छोरा १२ वर्षीय अमृत चौधरीको सोही नगरपालिका-२ स्थित राप्ती नदीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमही समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


