शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रचण्ड र विप्लवबीच भेटवार्ता

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड र  विप्लवबीच  भेटवार्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच करिब ५० मिनेट भेटवार्ता भएको छ ।

प्रचण्ड आज बिहान आफैं विप्लवलाई भेट्न हरिसिद्धीस्थित विप्लव निवास पुगेका थिए ।

प्रचण्ड विप्लवको निवासमा पुग्दा नेकपाका नेता–कार्यकर्ताहरु लामबद्ध भएर स्वागत गरेका थिए । मूल ढोकामा भने विप्लवले स्वागत गरेका थिए । अनि आफ्नो कार्यकक्षमा लगेर विप्लवले आफू बस्ने सोफामा प्रचण्डलाई बसाएका थिए ।

करिब ५० मिनेट विप्लव निवासमा बिताएर प्रचण्ड त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट फर्किनुअघि प्रचण्डले नेकपाले गरेको धान खेती अवलोकन गरेका थिए । सो क्रममा प्रचण्डले उत्पादनसँग जोडिएको भन्दै विप्लवको प्रशंसा गरेका थिए ।

प्रचण्डको इच्छाअनुरूप विप्लवसँग भेट

अरु बेला विप्लव भेटघाटका लागि प्रचण्ड निवास पुग्थे । आज भने बिहानै प्रचण्डले विप्लवलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । अनि प्रमुख स्वकीय सचिव गोविन्द आचार्यलाई बोलाएर विप्लवलाई फोन गरेर आउन लागेको जानकारी दिन भनेका थिए । त्यसपछि आचार्यले विप्लवलाई फोन गरेर भेटघाटको समय मिलाएका थिए ।

विप्लव समाजवादी मोर्चाको अध्यक्षसमेत भएकाले प्रचण्ड आफैं भेट्न गएको आचार्यले जनाए ।

उक्त भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै दुई पार्टीबीचको एकताबारे समेत छलफल भएको आचार्यले जानकारी गराए । ‘माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने भनेर गरेको निर्णयबारे प्रचण्डले जानकारी गराउनुभयो अनि समाजवादी मोर्चाको गतिविधिलाई प्रभावकारी बनाउने भनेर छलफल भयो,’ आचार्यले  भने ।

गत साउन १६ गतेदेखि १९ गतेसम्म बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन समिति बनाउने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

२ घण्टा अगाडि
देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक