शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बेलायतमा कुलमानले गरे उज्यालो नेपाल अभियानमा साथ दिन आह्वान  

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बेलायतमा कुलमानले गरे उज्यालो नेपाल अभियानमा साथ दिन आह्वान  
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीहरुलाई आह्वान  गरेका छन्।

लन्डन नजीकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली  मेलालाई सम्बोधन गर्दै घिसिङले  बत्तीको उज्यालोले मात्रै नभएर नेपालको  समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि   उज्यालो नेपाल अभियान सुरु गरिएको बताए।  उनले उक्त अभियानमा साथ र सहयोग गर्न सबैलाई आग्रह पनि गरे।

खाडी मुलुकहरु साथै अमेरिका र युरोपका विभिन्न मुलुकहरुको भ्रमण गरेर बेलायत आइपुगेका घिसिङले  २०७२ सालको संविधानमा एनआरएन   नागरिकताको प्रावधान रहेता पनि दश वर्ष सम्म कानून बन्न नसकेकाले त्यो कार्यान्वयनमा आउन नसकेको बताए ।  “अब थप ढीला नगरिकन  यसलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्छ,” उनले भने।

घिसिङले  सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसारभरि चिनाएको बताउंदै गोर्खा सैनिकहरुको माग जति सक्दो चाडो पुरा गर्न आग्रह पनि गरे।  “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने मूल मर्म अनुरुप  वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको उनले बताए।

भर्खरै गरिएको एक अध्ययनले नेपालीहरुले पठाएको एक डलरले नेपालको अर्थतन्त्रमा दुइ डलर भन्दा पनि बढी योगदान गरिरहेको देखाएको जनाउंदै घिसिङले संसारभरि रहेका प्रवासी नेपालीहरु नेपालको ठूलो एसेट (सम्पत्ती) भएको बताए  हो।  एनआरएनलाई नेपाली सरह नेपालमा लगानी गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे। उनले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन पनि आग्रह गरे ।

बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपाल बाहिर यति ठूलो संख्यामा नेपालीहरु भेला भएर उत्सव मनाएको देख्दा आफु अत्यन्तै खुसी भएको बताए।  उनले भूतपूर्व गोर्खाको योगदानले गर्दा  नेपाल तथा बेलायतबीचको सम्बन्ध अरु सुदृढ भएको बताए।  उनले नेपाली संस्कृति र सम्पदाको जगेर्ना गर्न तमु धिं युकेले गरिरहेको प्रयासको प्रशंसा पनि गरे।

तमु धिं युकेका अध्यक्ष  जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको  संचालन महासचिव डा बिशाल गुरुङले गरेका थिए।

उक्त मेलामा ४२ ओटा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने ७० ओटा विभिन्न संस्था तथा व्यवसायले आफ्नो स्टल राखेका थिए।

मेलाको उद्घाटन  तमु धिं युकेका पदाधिकारी तथा पाहुनाहरुले मैन बत्ती बालेर संयुक्त रुपमा गरेका थिए।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

१ घण्टा अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक