शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मुलुकको भौगोलिक अखण्डतासँग जोडिएको विषयमा चुप लाग्नु नहुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
मुलुकको भौगोलिक अखण्डतासँग जोडिएको विषयमा चुप लाग्नु नहुने

सङ्घीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्नुहुँदै सांसद प्रभु साह । तस्बिरः किरणराज विष्ट/रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  आम जनता पार्टीका सांसद प्रभु साहले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार नाका पुनः सञ्चालन गर्नका लागि नयाँ दिल्लीमा गरेको सम्झौताबारे सांसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तासँग जोडिएको महत्त्वपूर्ण विषयमा सरकार चुप लाग्नु नहुने पनि जनाए ।

‘नेपालको भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्न भारत र चीनले गरेको सम्झौताबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दछु,’ सांसद साहले भने, ‘नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तासँग जोडिएको यो महत्त्वपूर्ण विषयमा सरकार चुप लाग्नु हुँदैन ।’

उनले कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि भूमि भएको भन्दै १० वर्ष अगाडि तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको पनि स्मरण गरे । ‘यति पठाइराख्दा र कूटनीतिक पहल गरिराख्दा यस्तो किन सुन्न आयो भन्ने प्रश्न गर्न चाहन्छु,’ साहले भने ।

सांसद साहले भारत र चीनमा रहेका नेपाली राजदूतबारे पनि प्रश्न उठाए । भारत र चीनका लागि नियुक्त राजदूतहरूको कार्यसम्पादन मूल्यांकन गर्ने बेला भएको उनले बताए ।

‘हाम्रा राजदूतहरू के गरेर बसेका छन् ? ती देशहरूमा हाम्रा राजदूतहरूको कार्यसम्पादन मूल्यांकन गर्ने बेला आयो,’ साहले भने, ‘नेताहरूले आफ्ना आसेपासे, विश्वास पात्रलाई, आफ्ना नातागोतालाई त्यहाँ राजदूत बनाउँछन् । उहाँहरूले डलरको व्यापार गरिराख्नुभएको छ । होइन भने किन यसरी प्रगति देखिएन ?’

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

१ घण्टा अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक