शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्यानडामा विद्वत् अनुसन्धान सम्मेलन सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
क्यानडामा विद्वत् अनुसन्धान सम्मेलन सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अटवा ।  क्यानडा नेपाल फोरम फर रिसर्चद्वारा आयोजित चौथो अटवा रिसर्च कन्फरेन्स राजधानी अटवामा सम्पन्न भएको छ।

अटवा विश्वविद्यालयमा आयोजित बौद्धिक बहस र अनुसन्धान केन्द्रित उक्त सम्मेलनको  उद्घाटन गर्दै   क्यानडाका लागि नेपाली राजदूत भरत राज पौड्यालले क्यानडा नेपालको भरपर्दो मित्र भएको जनाए ।

उनले  नेपालले वर्षेनी क्यानडाबाट झन्डै रु ७ अर्ब बराबरको सरसामान आयात गरिरहेको र रु एक अर्ब बराबरको निर्यात गरिरहेको बताउंदै  क्यानडामा नेपालबाट निर्यात वृद्धि गर्ने पर्याप्त सम्भावना रहेको जनाए।  राजदूत पौड्यालले  नेपालमा राजदूतावास स्थापना गर्न क्यानडा सरकारलाई अनुरोध गरिएको  पनि जनाए ।

सम्मेलनमा न्यु ब्रन्सविक विश्वविद्यालयका  अवकाशप्राप्त प्राध्यापक प्रा. बासु शर्माले “नेपालमा संघीयताका चुनौतीहरू” विषयमा कार्यपत्र प्रस्तुत गर्दै १३१ भाषा र १२३ जातीय समुदाय रहेको नेपालमा संघीयताको सफल कार्यान्वयन चुनौतीपूर्ण रहेता  पनि  एकता र विविधताबीच सन्तुलन ल्याउन नेपालले संघीय प्रणाली अपनाएको जनाए।

सम्मेलनमा  क्यानडाको न्यु ब्रन्स्विक विश्वविद्यालयका एसोसियट प्रोफेसर डा दिनेश गजुरेल,  युनिभर्सिटी अफ कार्लटनमा कार्यरत एसोसियट प्राध्यापक संजीना डांग सुवेदी, वेस्टर्न युनिभर्सिटीका सहायक प्राध्यापक डा अनुप बस्नेत, लाभल युनिभर्सिटीका डा शिवहरि गौतम, क्विन्स युनिभर्सिटीका डा होमनाथ घर्ती, वाटरलु युनिभर्सिटीका दिपक विश्वकर्मा, सोही युनिभर्सिटीकी उपासना आचार्य, युनिभर्सिटी अफ अटवाका डा भानुभक्त आचार्य, अर्थशास्त्री डा राम सी आचार्य, भूगर्भशास्त्री सन्तमान राइ, न्याचुरल रिसोर्सेज क्यानडामा कार्यरत बीरेन्द्र सापकोटा तथा पत्रकार भगीरथ योगीले विभिन्न विषयमा अनुसन्धानमूलक प्रस्तुति गरेका थिए।  त्यस्तै सम्मेलनमा युनिभर्सिटी अफ अटवामा अध्ययनरत कुसुम शर्मा, इशिका त्रिपाठी, इदिका पौडेल, शेलिना पौडेल, आस्था साह, आभा रंजितकार, सुभेश कुमार श्रेष्ठ, युनिभर्सिटी अफ अटवाबाट पीएचडी गरिरहेका महनीश जंग थापा, युनिभर्सिटी अफ कार्लटनमा अध्ययनरत ब्रिटिका पौडेल, मेमोरियल युनिभर्सिटी अफ न्यु फाउन्डल्याण्डमा अध्ययनरत साधना बन्जाडे, युनिभर्सिटी अफ लाभलमा अनुसन्धानरत बिबेक भण्डारी तथा बिबेक सुवेदी लगायतले प्रस्तुति गरेका थिए।

डा आचार्यको अध्यक्षतामा  नयाँ कार्यसमिति  चयन

दुइ दिने सम्मेलनले अटवा  विश्वविद्यालयमा प्राध्यापनरत डा भानुभक्त आचार्यको अध्यक्षतामा  क्यानडा नेपाल फोरम फर रिसर्च (केनफर) को नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा दिनेश गजुरेल  (न्यु बर्न्स्विक युनिभर्सिटी ) र  बोर्ड अफ डाइरेक्टर्समा डा शिवहरि गौतम (लाभल युनिभर्सिटी ), डा अनुप बस्नेत (वेस्टर्न  युनिभर्सिटी), डा होमनाथ घर्ती (क्विन्स युनिभर्सिटी ) र इ सुभाष पौड्याल  निर्वाचित भएका छन्।  त्यस्तै  कुसुम शर्मा सचिव, अम्बिका पौडेल कोषाध्यक्ष  र  सौगात श्रेष्ठ प्रविधि अधिकृतमा  निर्वाचित भएका  छन्।  यसै गरी दिपेन्द्र कुँवर विद्यार्थी सम्पर्क अधिकृतमा मनोनयन गरिएका छन्।

नवनिर्वाचित अध्यक्ष डा आचार्यले सम्मेलन सफल पार्न सघाउने नेपाली दूतावास, अटवा विश्वविद्यालय, स्थानीय संघसंस्था लगायत सबै प्रायोजकहरुलाई धन्यवाद दिए ।   सम्मेलन आयोजना गर्नुको  मुख्य उद्देश्य डायस्पोरामा रहेका अनुसन्धाताहरुको विज्ञता क्षेत्र पहिचान गर्ने, अनुसन्धानकर्ताहरुलाई दक्ष विषय विज्ञहरुसंग नेटवर्किंग गर्न सहज बनाउने तथा अनुसन्धानको गुणस्तर बढाउनुका साथै विद्यार्थीहरुलाई नवीनतम विषयमा अनुसन्धान गर्न उत्प्रेरित गर्ने रहेको उनले जनाए ।

अर्थ शास्त्री डा राम आचार्य, डा भानु आचार्य लगायतको  पहलमा  सन् २०१९ मा स्थापना गरिएको फोरमले अहिलेसम्म चार ओटा अन्तरराष्ट्रिय सम्मेलनहरु आयोजना गरिसकेको छ।  ‘आगामी वर्षहरुमा उत्तर अमेरिका तथा युरोपमा कार्यरत अनुसन्धान संस्था तथा विज्ञहरु संग सहकार्य गरी  क्यानाडाकै अन्य प्रान्त तथा शहर हरुमा सम्मेलन गर्ने हाम्रो लक्ष छ,”  नवनिर्वाचित अध्यक्ष डा भानु आचार्यले भने।

दुइ दिने सम्मेलनमा जनस्वास्थ्य, विज्ञान प्रविधि, कृत्रिम बुद्धिमत्ता, वन, वातावरण,  उर्जा,जलवायु परिवर्तन, व्यवस्थापन लगायत विभिन्न क्षेत्रसंग सम्बन्धित  २७ ओटा अनुसन्धानमूलक प्रस्तुतिहरु गरिएका थिए भने नेपाल, युके, स्विजरल्याण्ड र क्यानाडाका विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा पीएचडी स्कलरहरु समेत गरी  १०० जना भन्दा बढीले भाग लिएका थिए।

यो पनि पढ्नुहोस्

२ मिनेट अगाडि
थाल ठटाएर सरकारको विरोध

थाल ठटाएर सरकारको विरोध

१४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक