काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-२२ जगरनाथपुर बस्ने श्याम बाबु साह तेलीको घरमा करेन्ट सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सर्लाही, धनकौल गाउँपालिका-२ बस्ने राम प्रसाद रायको गोठमा गए राति आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिराहा, औरही गाउँपालिका-१ हर्कट्टी बस्ने बिमल कुमार महतो र सोभित महतोको गोठमा आइतबार राति आगलागी हुँदा दुबै जनाको गरी करिब १ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


