बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रूसी पुटिनसँगको वार्तामा युक्रेनी भूभागहरूको सम्झौता नहुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तामा युक्रेनी भूभागहरूको सम्झौता नहुने जनाएका छन्।

बहुप्रतिक्षित अलास्का बैठकअघि युक्रेनमा युद्धविरामबारे रणनीति बनाउन युरोपेली नेताहरूसँगको भर्चुअल बैठकमा ट्रम्पले युक्रेनको कुनै पनि भूभागको विषयमा पुटिनसँग सम्झौता नहुने जनाएका हुन्।

उनले युक्रेनी भूभागबारे वार्ता गर्नु आफ्नो अधिकारक्षेत्रमा नपर्ने बताएको भनेर भर्चुअल बैठकबारे जानकार दुई कुटनीतिज्ञलाई उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले लेखेको छ।

जसबाट ट्रम्पले युद्धविरामको साटोमा युक्रेनी भूभागको नियन्त्रण पाउने कुनै पनि रूसी प्रस्तावलाई स्वीकार गर्ने छैनन् भन्नेमा युरोपेली नेताहरूमा आशा पलाएको सिएनएनले लेखेको छ। यसअघि ट्रम्पले युद्धविराम गर्दा रूस र युक्रेनबीच जमिनको अदालबदली हुनसक्ने भनेका थिए। रूसले हालको नियन्त्रणरेखालाई आधार बनाएर युद्धविराम हुनुपर्ने भनेर अगाडिदेखि नै सर्त राखेको छ।

ट्रम्पले जमिनको अदलाबदली हुँदै दुवै देशले केही पाउने र केही गुमाउनुपर्ने बताएका थिए। तुलनात्मक रूपमा रूसले अलि बढी गुमाउनुपर्ने हुनसक्छ भनेर ट्रम्पले यसअघि जनाउँदै आएका थिए। बुधबार युरोपेली नेताहरूसँगको छलफलमा भने युक्रेनी भूभागबारेको निर्णय युक्रेन आफैले गर्ने भनेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सिएनएनलाई बताएका छन्।

‘राष्ट्रपति ट्रम्पले भूभागसम्बन्धी विषयमा युक्रेनी राष्ट्रपतिबाहेक अरू कसैले पनि वार्ता गर्न सक्दैन भन्ने कुरा अत्यन्त स्पष्ट रूपमा भन्नुभएको छ,’ म्याक्रोंले पत्रकारहरूसँग भने।

म्याक्रोंका अनुसार ट्रम्पका दुइटा सन्देश थिए।

पहिलो अलास्कामा हुने वार्ताबाट युद्धविराम सफल गराउने। र दोस्रो भूभागबारे। दुवै विषयमा ट्रम्पले प्रष्ट रहेको  म्याक्रोंले जनाएका छन्।

ट्रम्पसँगको युद्धविराम वार्ता सफल भए जेलेन्स्कीसहितको दोस्रो वार्ता पनि चाँडै सुरू गरिहाल्ने ट्रम्पले जनाए। भूभाग र अन्य विषयहरूको सम्झौता जेलेन्स्कीकै उपस्थितिमा र सहमतिमा गर्ने ट्रम्पले जनाएका छन्।

भर्चुअल  बैठकमा ट्रम्पले युक्रेनका लागि अमेरिकी भूमिकासहितको सुरक्षा ग्यारेन्टीको समर्थन व्यक्त गरेका सिएनएनले जनाएको छ। यसलाई युरोपेली कूटनीतिज्ञहरूले सकारात्मक विकासका रूपमा लिएका छन्।

बैठक असफल भए रूसले गम्भीर परिणाम भोग्नुपर्छ भनेर ट्रम्पले चेतावनी पनि दिएका छन्। त्यस्तै वार्ता असफल भए रूससँग तेल खरिद गर्ने मुलुकहरूलाई पनि प्रतिबन्धहरू थपिने उनले जनाएका छन्।

यो पनि पढ्नुहोस्

कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

५ घण्टा अगाडि
प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक