बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छापाखाना तथा प्रकाशन संशोधनप्रति ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
पत्रकार महासंघद्वारा निर्वाचन मतदाता नामावली प्रकाशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ अन्तर्गत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा भएको संशोधनप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ। उक्त संशोधनअनुसार अबदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता, सञ्चालन र नवीकरणको प्रक्रिया स्थानीय प्रशासन – प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को कार्यालयमार्फत हुने प्रावधान कार्यान्वयनमा ल्याइएको छ

महासंघले उक्त व्यवस्था संविधान र संघीय शासन प्रणालीको भावना विपरीत रहेको स्पष्ट गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संविधानले कल्पना नगरेको प्रजिअको कार्यालयमा अनलाइन सञ्चारमाध्यम दर्ता गराउने प्रावधान एकतन्त्रीय शासन प्रणालीको झल्को दिने पुरानो प्रणालीको निरन्तरता हो।”

महासंघले सरोकारवाला पक्षसँग कुनै पनि परामर्श नगरी संसद र सरकारको मिलेमत्तोमा ल्याइएको यो व्यवस्था अस्पष्ट, अव्यवहारिक र आपत्तिजनक भएको टिप्पणी गरेको छ। अहिले सञ्चालित करिब पाँच हजार अनलाइन सञ्चारमाध्यमको नवीकरण तथा दर्ताको अवस्था अन्यौलपूर्ण भएको महासंघको भनाइ छ।

त्यसमाथि, सूचना तथा प्रसारण विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा अनलाइन दर्ता र नवीकरणको प्रक्रिया एकाएक स्थगन गरेपछि यो विषय अझ विवादास्पद बनेको जनाइएको छ।

“डिजिटल युगमा कतिपय मुलुकले पत्रपत्रिका समेत दर्ता नगर्ने अभ्यास गरिरहेका छन्,” महासंघले भनेको छ, “यस्तो अवस्थामा सरकारले पछाडि फर्किएको कदम चालेको बुझिन्छ।” महासंघले सञ्चारमाध्यमसम्बन्धी विभागीय मन्त्रालय र त्यस मातहतको निकायमार्फत मात्र यस्ता प्रक्रिया हुनु पर्ने बताउँदै सञ्चार मन्त्रालयको उदासीनता प्रति पनि असन्तोष जनाएको छ।

महासंघले तत्काल सरोकारवाला पक्षसँग छलफल गरी स्पष्ट नीति ल्याउन सरकारसँग आग्रह गरेको छ। साथै, प्रेस स्वतन्त्रता तथा सञ्चारमाध्यमको सहज सञ्चालन सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन माग गर्दै, अन्यथा आन्दोलनमा जानुपर्ने चेतावनी समेत दिएको छ।

“सरकारको पछिल्लो कदम प्रेस स्वतन्त्रता विरोधी देखिन्छ। यदि तत्काल संवाद र समाधानको बाटो नखोजिए महासंघ बाध्य भएर आन्दोलनमा जान सक्छ,” महासचिव दाहालले भनेका छन्।

यो पनि पढ्नुहोस्

बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

वरिष्ठ पत्रकार सुरेश किरणको निधन

चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक