बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रविको पक्षमा हस्ताक्षर अभियानमा पुगेका एकजना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
रविको पक्षमा हस्ताक्षर अभियानमा पुगेका एकजना पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतलेसमेत थुनामै राख्न आदेश दिइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान अझै जारी छ ।

यो अभियानमा करिब ३० लाखले हस्ताक्षर गरेपछि अब रास्वपाले जनमत बटुल्ने अभियानका रुपमा यसलाई वडासम्मै लान लागेको छ।

रास्वपाको यही अभियानलाई साथ दिन पुगेका एकजना व्यक्ति विराटनगरबाट समातिएका छन् ।

बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भई फरार रहेका सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला विराटनगरबाट पक्राउ परेका हुन् ।

रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता एवम् डीएसपी योगराज खतिवडाले बताए ।

उनी मंगलबार दिउँसो विराटनगर महानगरपालिका–३ स्थित पार्टी कार्यालयमा रास्वपाले लामिछानेको समर्थनमा हस्ताक्षर संकलन अभियान चलाइरहेका बेला पुगेका थिए ।

हस्ताक्षर अभियानपछि कोणसभाका लागि मोटरसाइकलमा रास्वपाका कार्यकर्ता महेन्द्र चोक पुगेका थिए। त्यहाँ पनि हस्ताक्षर संकलन चलिरहेका बेला कोइरालालाई प्रहरीले समातेको हो ।

कोइरालाविरुद्ध एकजना ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लागेको थियो । त्यही आरोपमा उनीविरुद्ध यही वैशाखमा मुद्दा दर्ता भएको थियो । त्यसबेला प्रारम्भिक अनुसन्धानपछि धरौटीमा रिहा भएका उनलाई अन्तिम फैसलमा अदालतले दोषी ठहर गरेको थियो ।

प्रहरीले लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका अदालतबाट दोषी भएर फरार कोइरालालाई पहिचान गरी पक्राउ गरेको हो । उनलाई अहिले अदालतको आदेशअनुसार साजय भुक्तानका लागि सुनसरी पठाइएको छ ।

जिल्ला अदालत सुनसरीले कोइरालालाई गत असार ३२ गते बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

उनले अहिलेसम्म उक्त सजाय भुक्तान गरेका थिएनन्। अदालतले उनलाई पुनरावेदन गर्ने अधिकार दिए पनि आदेशपछि फरार थिए ।अहिले कोइरालालाई हाल इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएको छ । अब उनलाई बुधबार अदालतमा पेश गरेर कारागार चलान गरिने छ ।

कोइराला केही समयअघि मात्रै अमेरिकाको टेक्सासबाट नेपाल आएको खुलेको छ। उनी अमेरिकामा पनि रास्वपाबाटै ड्यासपोरा राजनीतिमा पनि संलग्न थिए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

५ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक