बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जा मन्त्री खड्का

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जा मन्त्री खड्का
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युत्को केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई शीपयुक्त बनाउनु आवश्यक रहेको बताउनुभएको छ।

खाँदबारी नगरपालिका–१ मा आजदेखि शुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी तालिम उद्घाटन समारोहमा मन्तव्य दिँदै मन्त्री खड्काले भन्नुभयो, “सङ्खुवासभा जलविद्युत्को ठूलो सम्भावना बोकेको जिल्ला हो। यहाँ अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा छन्। यस्ता आयोजनालाई सफल र दीर्घकालीन बनाउन प्राविधिक शीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ।”
जलविद्युत्का ठूला आयोजना सञ्चालनमा आउँदै गर्दा रोजगारीको अवसर स्थानीय तहमै सृजना गर्न शीप विकासमुखी तालिम अपरिहार्य रहेको समयमा तालिम संचालन हुनु प्रशंसनीय रहेको बताउनु भयो।

उहाँले सङ्खुवासभामा अबको प्राथमिकता स्थानीय जनतालाई घरमै तालिम दिई रोजगारीको वातावरण निर्माण गर्नु भएको उल्लेख गर्दै भन्नुभयो, “सीप विकास मात्र रोजगारीको सशक्त आधार होइन, यसले आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि खोल्छ।”

तालिममा जिल्लाभरका १० वटा पालिकाबाट सहभागी आएका छन्। कुल २० दिनसम्म चल्ने तालिममा १२० घण्टाको पाठ्यक्रम समेटिएको छ। तालिम पश्चात प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ, जसले सहभागीहरूलाई जलविद्युत्का आयोजनामा काम गर्ने अवसर प्राप्त गराउनेछ।

मन्त्री खड्काले स्थानीय युवाहरूलाई प्राविधिक शिक्षामार्फत दक्ष बनाउने दीर्घकालीन लक्ष्य अन्तर्गत भविष्यमा नै खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गरिने योजना सुनाउनुभयो। उहाँले स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय मिस्त्रीजस्ता विभिन्न शाखाका शीप तालिम सञ्चालन गरी व्यावसायिक क्षमता अभिवृद्धि गरिने जानकारी दिनुभयो।

कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो। नगरप्रमुख थपलियाले तालिम कार्यक्रमले युवाहरूमा आशा, सम्भावना र आत्मनिर्भरता बोकेको बताउँदै यस्ता पहललाई नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाउनुभयो।

सङ्खुवासभा जिल्लालाई जलविद्युत्को पुँजी मान्ने हो भने, यहाँको जनशक्ति नै सबैभन्दा ठूलो आधारशिला हो भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।

यो पनि पढ्नुहोस्

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

२ मिनेट अगाडि
१ सय ३० किलो गाँजा बरामद

१ सय ३० किलो गाँजा बरामद

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

एमालेको बैठक सुरु

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक