महोत्तरी । मधेश प्रदेशमा करिब तीन लामो समयदेखिको खडेरीका कारण खानेपानीको चरम सङ्कट अहिले उत्पन्न भइरहेको छ । वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ भने परम्परागत पानीका स्रोतहरू कुवा, इनार र चापाकल सुक्दा जनजीवन थप कष्टकर बनेको छ।
खानेपानीको अभाव टार्न स्थानीय र प्रदेश सरकारले दमकल तथा ट्याङ्करमार्फत बस्तीबस्तीमा पानी वितरण गरिरहेका छन्। तर, यो पहल पर्याप्त नहुँदा समस्या समाधान हुन सकेको छैन।
विशेषगरी बारा जिल्लाका विभिन्न नगरपालिकाका गाउँहरूमा खानेपानीको चरम अभाव देखिएको छ। जिल्लाको कलैया उप महानगरपालिकाका २७ वटै वडाका स्थानीयहरू अहिले खानेपानीको चम सङ्कट भोग्न बाध्य भइरहेको छ ।

सो नगरपालिकाको फेटा गाउँपालिका वडा नं. ३ मा अवस्थित पश्चिम टोलका सबै कुवा, इनार, चापाकलबाट पानी नआएको स्थानीय फेता ३ वडाका स्थानीय बिजय किशोर पाण्डेले प्रत्येक वडामा २, ३ वटा दिपबोरिङ गरेर केही मात्रामा खानी पानीको समस्या समाधान गरेको जनाए ।
अहिले स्थायी रूपमा समाधानका लागि सो गाउँपालिकामा भएको पानी ट्यांकीको वितरणका लागि पाइप ओछ्याएर पानी वितरणको कार्य पनि भइरहेको छ । साथै फेटा गाउँपालिकाको सातै वटा वडामा डिप बोरिङबाट पानी वितरण गरेपश्चात केही मात्रा राहत महसुस गरिएको छ ।
बेलैमा पानी नपर्दा सो क्षेत्रमा हालसम्मा बोरिंग, पम्पिंग सेट चलाएर नहरको पानीबाट ६० प्रतिशत रोपाई भइसकेको छ । जुन अहिले पानीको अभावमा सुक्ने अवस्थामा छ ।


