काठमाडौं । प्युठान, ऐरावती गाउँपालिका-२ सिरेनी बस्ने ५२ वर्षीय बिष्ण बहादुर जिसिको गोठमा सोमबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुर तिनखोले गुम्बा बस्ने नवराज घलेको घरमा सोही ठाउँ बस्ने श्याम थापाले संचालन गरेको गोथे अटो ग्यारेजमा सोमबार राति लागेको आगो फैलिएर नजिकै रहेको सुमन श्रेष्ठको पाल्पाली खाजा घरमा समेत आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


