बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वैकल्पिक राजनीतिक शक्ति निर्माणमा गम्भीर संकल्पका साथ अघि बढ्न निर्देशन

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
वैकल्पिक राजनीतिक शक्ति निर्माणमा गम्भीर संकल्पका साथ अघि बढ्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले सम्पूर्ण मधेश एक प्रदेशको नेतृत्व आफूहरुले गर्ने दाबी गरेका छन् ।
बिहीबार नेसंसपाको केन्द्रीय पदाधिकारहरुको विशेष बैठकमा सम्बोधन गर्दै अध्यक्ष अन्सारीले यस्तो बताएका हुन् । उनले “समग्र मधेश एक प्रदेश“ बनाउने जनचाहनालाई आत्मसात गर्दै पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा गम्भीरता, प्रतिबद्धता र संकल्पका साथ अघि बढ्न निर्देशन दिएका छन् ।
‘नेपाली जनताको चाहना हो — समानता, स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समृद्ध नेपाल। समाजवादको लक्ष्य, बहुराष्ट्रिय राज्यको स्थापना र अधिकार सम्पन्न प्रदेशहरूको निर्माणले मात्र त्यो सम्भव छ’, उनले भने ।
केन्द्रीय पदाधिकारीहरूको विशेष बैठक अन्सारीको अध्यक्षतामा सञ्चालन पार्टी उपमहासचिव जनक कार्कीले गरेका थिए भने उपाध्यक्ष तथा प्रदेशसभा सदस्य, पूर्वगृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारी विशेष रूपमा उपस्थित थिइन् । बैठकमा सबै केन्द्रीय पदाधिकारी र आमन्त्रित सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो ।
बैठकले देशको वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली, आम नागरिकको जनजीवन र पार्टीको भावी कार्ययोजनामाथि गम्भीर छलफल गर्दै पाँच वटा ठोस निर्णयहरू पारित गरेको छ।
बैठकले सरकारको कार्यशैलीप्रति गहिरो चिन्ता व्यक्त गर्दै निष्कर्ष निकालेको छ कि वर्तमान सरकारको पालामा भ्रष्टाचार व्यापक रूपमा बढेको छ, जसमा सरकारका मन्त्रीहरू नै संलग्न रहेको प्रमाणहरू सार्वजनिक भइरहेका छन्।
सुशासनको अनुभूति जनताले गर्न सकेका छैनन्, शासन प्रणाली जनउत्तरदायी र पारदर्शी छैन। बेरोजगारी उच्च दरमा वृद्धि भइरहेको छ, आर्थिक बेथिति, अनियमितता र महँगीले आम नागरिकको जीवन संकटमा परेको छ।
जनताले समानता, स्वतन्त्रता र सामाजिक न्यायको आशामा संविधान संशोधनको अपेक्षा गरिरहे पनि निराशा मात्र हात लागेको उल्लेख गरिएको छ। बैठकले यस्तो अवस्थाको कडा विरोध गर्दै सम्पूर्ण नेपाली जनतालाई “लुटतन्त्र, भ्रष्टाचार, बेथिति र असमानता“ विरुद्ध एकजुट भई संघर्ष गर्न आह्वान गरेको छ।
जनजागरण अभियानको समीक्षा र विस्तार
बैठकले संघीय गणतान्त्रिक गठबन्धनले देशभरि सञ्चालन गरिरहेको जनजागरण अभियानको मूल्याङ्कन गर्दै यस अभियानमा आम जनताको विस्तृत सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएको छ।
अभियानले बिग्रिँदो राजनीतिक अवस्था, चरमराउँदै गएको अर्थतन्त्र, कुशासन र कुनीतिको विरुद्धमा जनचेतना फैलाएको ठहर गरिएको छ। बैठकले यो अभियानलाई ७७ वटै जिल्लामा थप प्रभावशाली रूपमा विस्तार गर्दै नेता–कार्यकर्ताहरूलाई आ–आफ्नो क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।
उत्पीडित जनताका अग्रगामी शक्तिहरूसँग एकता–सहकार्य
बैठकले विचार, सिद्धान्त र लक्ष्य मिल्ने उत्पीडित जनताको अग्रगामी राजनीतिक शक्तिहरूसँग पार्टी एकता, सहकार्य तथा मोर्चा निर्माणका लागि पहल गर्ने निर्णय गरेको छ।
यस उद्देश्यका लागि पार्टीका महासचिव अनन्त राईको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ।
तराई–मधेशको समस्यामा सरकारको ध्यानाकर्षण
बैठकले तराई–मधेश क्षेत्रका जनतालाई परेको सुक्खा र खानेपानीको अभावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले कृषकहरूको समस्या समाधान गर्ने, खानेपानीको तत्काल व्यवस्था गर्ने जस्ता विषयमा द्रुत र प्रभावकारी कदम चाल्नुपर्ने माग राखेको छ।
त्यस्तै, हाल देशभर परेको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत, उद्धार कार्यको तीव्रता, दीर्घकालीन समाधानका लागि ठोस नीति निर्माणको माग गरिएको छ।
संगठन विस्तार र भावी रणनीति
पार्टीले अबको रणनीतिमा ७७ जिल्ला, ७ प्रदेश र स्थानीय तहहरूमा पार्टीको संगठन विस्तार गर्ने, सदस्यता वितरण र पुनर्गठन कार्य
तीव्र गर्ने, भातृ संगठनहरूको भेला, विभाग तथा निकायहरूको पुनर्संरचना गर्ने, सचेतनामूलक अभियानलाई थप व्यापक बनाउने निर्णय गरेको छ।

यो पनि पढ्नुहोस्

नेपाली सेनाले ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

१५ घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपा सांसदलाई दिएका १२ निर्देशन

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक