मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुर्खेत बर्सेनि डेङ्गु सङ्क्रमणका बिरामी बढ्दै

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
डेङ्गीको जोखिम बढ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेत बर्सेनि डेङ्गु सङ्क्रमणका बिरामी बढ्दै गएका छन्। गत वर्ष सुर्खेतमा एक हजार ८३३ जना डेङ्गु सङ्क्रमित भएकामध्ये चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको हो।

गत आर्थिक वर्ष २०८१/८२ मा डेङ्गु सङ्क्रमित एक हजार ८३३ जनामा सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिका भित्रका एक हजार ४१६ जना सङ्क्रमित रहेका थिए ।

त्यसपछि गुर्भाकोट नगरपालिकामा १४३ जना, पञ्चपुरी नगरपालिकामा १३५ जना, लेकबेँसी नगरपालिकामा ३८ जना, भेरीगङ्गा नगरपालिकामा २९ जना, बराहताल गाउँपालिकामा १७ जना, चौकुने गाउँपालिकामा ११ जना, चिङ्गाड गाउँपालिकामा नौ जना र सबैभन्दा कम सिम्ता गाउँपालिकामा छ जना सङ्क्रमित फेला परेका थिए।

तीमध्ये चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेङ्गु रोग सम्पर्क ब्यक्ति उदय बिसीले जानकारी दिए। ०७७/७८ मा ६३९ जना सङ्क्रमित फेला परेकोमा आव २०७८/७९ मा बढेर एक हजार ३२२ पुगेको थियो। यस्तै ०७९/८० मा एक हजार ४८४ जना फेला परेका थिए भने २०८०÷८१ मा घटेर ५७१ जनामा झरेको कार्यालयले जनाएको छ।

परीक्षणको दायरा बढ्दै जाँदा डेङ्गु सङ्क्रमणका बिरामी पनि बढ्दै गएको पाइएको हो। डेङ्गु सङ्क्रमण बढ्दै जान थालेपछि सरकारले साउन महिना, डेङ्गु सचेतना महिना घोषणा गरी डेङ्गु रोकथाम र नियन्त्रणका उपाय सार्वजनिक गरेको छ।

जनस्वास्थ्य सेवा कार्यालयका अनुसार डेङ्गुको औषधी र खोप नबनेको हुँदा व्यक्तिगत तथा सामाजिक सरसफाइ नै रोकथामको मुख्य उपाय रहेको छ। खोज र नष्ट गर्ने विधि नै उपयुक्त भएकाले पानी जमेका स्थलको पानी फाल्ने, व्यक्तिगत तथा सामाजिक सरसफाइमा ध्यान दिन कार्यालयले आग्रह गरेको हो।

वर्षायाममा पानी बढी पर्ने र जम्मा हुने क्रम पनि बढ्ने हुँदा साउनदेखि असोजसम्म सङ्क्रमणको जोखिम निकै बढ्ने गर्दछ। तसर्थ पानी जम्न नदिने, लामखुट्टेको लार्भा नष्ट गर्ने विधि यो अवधिमा पनि निरन्तर जारी राख्न सके डेङ्गु सङ्क्रमणको रोकथाम सहज हुनेछ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

३ घण्टा अगाडि
अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्नातक प्रवेश तयारी अब अनलाइनमै

शिक्षक सरुवामा कडाइ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक