काठमाडौं । नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्न थालेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले चेतावनीसहितको सम्बोधन गरेपछि केन्द्रीय सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिन थालिएको हो ।
बैठकमा सहभागी एकजना नेताका अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरूले बोल्न थालेका छन् । उनीहरूले सबैभन्दा पहिले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संशोधन प्रस्तावबारे धारणा राखेका छन् ।
अहिलेसम्म धारणा राख्ने केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् ।
बैठकमा बोल्दै गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य केदार सिग्देलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन लागेको कुराको विरोध गरेका छन् ।

