काठमाडाैं । आज सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढेको छ ।
सुन आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँले बढेर दुई हजार तीन सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८५ रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।


