बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इरानले युरोपेली शक्तिहरूसँग नयाँ वार्ता गर्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
इरानले युरोपेली शक्तिहरूसँग नयाँ वार्ता गर्ने

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बर्लिन । संयुक्त राज्य अमेरिकाले एक महिनाअघि इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेपछि पहिलो पटक शुक्रबार इस्तानबुलमा युरोपेली शक्तिहरूसँग नयाँ वार्ता हुने इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

इरानले तेहरानको आणविक कार्यक्रमलाई लिएर वार्ताको टेबुलमा नफर्किएमा इरानमाथि पुनः प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएपछि इरानी कूटनीतिज्ञहरूले बेलायत, फ्रान्स र जर्मनीका समकक्षीसँग भेट्ने भएका हुन् । पश्चिमा मुलुक र इजरायलले लामो समयदेखि इरानले आणविक हतियार विकास गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले सोमबार भनेको छ, “युरोपेली मुलुकहरूको अनुरोधको जवाफमा इरान नयाँ चरणको वार्ता गर्न सहमत भएको छ ।” वार्ताको विषय इरानको आणविक कार्यक्रम हुने बताइएको छ । जर्मनीको एक कूटनीतिक स्रोतले आइतबार एएफपीलाई बताएअनुसार इ-थ्री तेहरानसँग सम्पर्कमा रहेको र इरानलाई कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न दिनुनहुनेमा दृढ रहेको छ ।

“त्यसैले जर्मनी, फ्रान्स र बेलायतले इरानी आणविक कार्यक्रमको दिगो र प्रमाणीकरण योग्य कूटनीतिक समाधान खोज्न इ-३ ढाँचामा सघन रूपमा काम गरिरहेका छन्,” स्रोतले भन्यो । इजरायलले गत जुन १३ मा प्रमुख सैन्य र आणविक केन्द्रहरूलाई लक्षित गरी आफ्नो क्षेत्रीय शत्रुहरूमाथि आश्चर्यजनक आक्रमणको श्रृङ्खला सुरु गरेको थियो । संयुक्त राज्य अमेरिकाले गत जुन २२ मा तेहरानको दक्षिणमा कोम प्रान्तको फोर्डोस्थित युरेनियम संवद्र्धन केन्द्र र इस्फाहान र नातान्जमा रहेको आणविक स्थलमा आक्रमण गरेको थियो ।

-क्रेमलिन बैठक-

इजरायलले इरानविरुद्ध १२ दिने युद्ध सुरु गर्नुअघि इरान र संयुक्त राज्य अमेरिकाबिच ओमानी मध्यस्थकर्ताहरूमार्फत धेरै चरणको आणविक वार्ता भएको थियो । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्न इजरायलसँग सामेल हुने निर्णयपछि वार्ता अन्त्य भएको थियो ।

अमेरिकी आक्रमणको ठीक एक दिनअघि जुन २१ मा जेनेभामा इ-थ्री मुलुकले इरानी प्रतिनिधिसँग भेटवार्ता गरेका थिए । आइतबार पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक मामिलामा इरानका सर्वोच्च नेताका शीर्ष सल्लाहकार अली लारिजानीसँग क्रेमलिनमा आकस्मिक भेटवार्ता गर्नुभएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले लारिजानीले मध्यपूर्व र इरानी आणविक कार्यक्रमको बढ्दो अवस्थाबारे जानकारी गराएको बताउनुभयो ।

पुटिनले यस क्षेत्रको अवस्थालाई कसरी स्थिर बनाउने र इरानी आणविक कार्यक्रमको राजनीतिक समाधानका बारेमा रुसको पूरानै अडान व्यक्त गर्नुभएको थियो । मस्कोको इरानी नेतृत्वसँग सौहार्दपूर्ण सम्बन्ध छ र तेहरानलाई महत्वपूर्ण सहयोग प्रदान गर्दछ तर संयुक्त राज्य अमेरिका इजरायलको बमबारी अभियानमा सामेल भएपछि पनि आफ्नो साझेदारसँग सहकार्य गरेको देखिएन ।

-पुनः प्रतिबन्ध लगाउने चेतावनी-

इरान र विश्व शक्तिराष्ट्रबिच सन् २०१५ मा ‘संयुक्त बृहत् कार्य योजना (जेसीपीओए)’ नामक सम्झौता भएको थियो । तर सन् २०१८ मा ट्रम्पको पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले इरानमाथि पुनः प्रतिबन्ध लगाएपछि यो सम्झौता असफल भएको थियो । हालैका दिनहरूमा युरोपेली देशहरूले सम्झौतामा समावेश गरिएको ‘ इरानविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको द्रुत र स्वचालित फिर्तीको लागि अनुमतिको संयन्त्र अर्थात स्न्यापब्याक संयन्त्र’ लाई सक्रिय पार्ने चेतावनी दिएका छन् ।

आफ्ना युरोपेली समकक्षीहरूसँगको वार्तापछि पश्चिमा मित्रराष्ट्रहरूसँग स्न्यापब्याक प्रतिबन्धहरू पुनः सक्रिय गर्ने ‘कुनै नैतिक वा कानुनी आधार’ नभएको इरानी विदेशमन्त्री अब्बास अराघचीले आइतबार सामाजिक सञ्जालमा लेख्नुभएको थियो । “इजरायली शासन र अमेरिकाको हालैको अकारण र अवैध सैन्य आक्रमणलाई राजनीतिक र भौतिक समर्थन प्रदान गर्ने लगायत आफ्ना कार्य र बयानमार्फत इ-थ्रीले जेसीपीओएमा ‘सहभागी’ को रूपमा आफ्नो भूमिका त्यागेको छ,” अराघचीले भन्नुभएको छ ।

यसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को खारेजीको प्रस्तावलाई पुनःस्थापित गर्ने कुनै पनि प्रयासलाई ’अस्वीकृत र अमान्य’ बनाएको उहाँले बताउनुभयो । अराघचीले लेख्नुभएको छ, “इरानले कुनै पनि भ्रमपूर्ण ‘फोहोरी काम’ लाई परास्त गर्न सक्षम रहेको देखाएको छ तर सदाचारका साथ अर्थपूर्ण कूटनीतिको प्रतिकार गर्न सधैं तयार रहेको छ ।

यद्यपि, जर्मन स्रोतले आइतबार भनेको छ, “यदि ग्रीष्मयाममा कुनै समाधानमा पुग्न सकिएन भने, इ-थ्रीको लागि स्न्यापब्याक एक विकल्प रहनेछ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकार अली वेलायतीले गत हप्ता तेहरानले युरेनियम संवद्र्धन गतिविधि त्याग्ने शर्त राखेमा अमेरिकासँग नयाँ आणविक वार्ता नहुने बताउनुभएको थियो । एएफपी

यो पनि पढ्नुहोस्

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

१ हप्ता अगाडि
ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक