काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेतृ विद्यादेवि भण्डारीबीच आइतबार दिउँसो कुराकानी हुने भएको छ।
पूर्वराष्ट्रपत भण्डारीले पार्टी नविकरण गरिसकेको अवस्थामा त्यसमा झमेला गरेर उनीलाई राजनीतिमा आउनै रोक्ने रणनीतिमा अध्यक्ष ओली लागेका छन्।
ओलीले आफूलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न बाटो खोल्ने तर आफूलाई भने सक्रिय राजनीतिमै रोक्ने तयारी गरेपछि भण्डारीले ओलीसँग पार्टी कार्यालयमा बसेर कुराकानी गर्ने भएकी हुन्।
भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार दिउँसो ३ बजे उनीहरुबी पार्टी कार्यालय च्यासलमा भेटवार्ता हुनेछ।
राईले भने, ‘सम्माननीय पूर्वी राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीजू र सम्माननीय प्रधानमन्त्री एव एमाले के।पी। शर्मा ओलीज्यू संग आज ३ बजे पार्टी कार्यालय च्यासलमा भेटघाट हुने कुराले हामी खुसी छौँ।’
हालै सम्पन्न सचिवालय र पोलिटब्युरोले भण्डारीलाई रोक्ने र ओलीलाई तेस्रो कार्यकालका लागि ढोका खोल्ने गरी विधान संशोधनको प्रक्रिया अघि बढाएको छ। एक वर्षअघि नविकरण भएको भण्डारीको पार्टी सदस्यतासमेत नविकरण नभएको दाबी ओली पक्षले गर्न थालेको छ।


