काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा जिम्मेवारी दिने तयारी गरेको छ ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीलाई केन्द्रीय कमिटीले जिम्मेवारी दिने तयारी गरेको जनाएका हुन् ।
गौतमले पूर्वराष्ट्रपति भण्डारीलाई के जिम्मेवारी दिने भन्ने विषयमा स्थायी कमिटी र पोलिटब्युरोमा बैठकमा समेत छलफल हुने जनाए ।
एमालेको सचिवालय बैठकअघि शिलापत्रसँग कुराकानी गर्दै गौतमले केन्द्रीय कमिटीमा छलफलपछि जिम्मेवारी दिइने जनाए ।
‘पूर्वराष्ट्रपति भण्डारीलाई जिम्मेवारदी दिने विषयमा पार्टीमा छलफल स्थायी कमिटी र पोलिटब्युरोमा पनि यो विषयमा छलफल हुनेछ,’ उनले भने ।


