काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को पहिलो काराेबारका दिन बिहीबार सुनचाँदीको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य ५ रुपैयाँले बढेकाे हाे।
बिहीबार सुन ताेलमा १ लाख ९२ हजार ३०० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले बताएकाे छ। यसअघि आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिन बुधबार सुन तोलामा १ लाख ९२ हजार रुपैयाँमा काराेबार भएकाे थियाे।
यस्तै, बुधबार २ हजार २६० रुपैयाँमा काराेबार भएकाे चाँदी बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ। आजैबाट २ प्रतिशत विलासिता कर पनि लागू भएको छ।


