बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुई मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
दुई मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले पछिल्ला दुई मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

बुधबार सिंहदरबारमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

असार २३ गतेका मुख्य निर्णयहरू:

  • दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक (साउन ६–१२, न्यूयोर्क, अमेरिका) मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति।
  • नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमण स्वीकृति।
  • एक हजार रुपैयाँ दरको नयाँ नोट छपाइका लागि चित्र र आकार स्वीकृत।
  • विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत १०.८ मिलियन अमेरिकी डलर बराबरको विश्व बैंक अनुदान स्वीकार।
  • प्रत्येक साउन १६ गतेलाई “राष्ट्रिय कोदो दिवस”को रूपमा मनाउने निर्णय।
  • उखु उत्पादक कृषकहरूलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान दिने।
  • नेपाली सेनाका ३७ महासेनानीको सरुवा।
  • गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ८ मा जिपलाइन तथा स्काई साइकलिङ निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग स्वीकृति।
  • वन तथा वातावरण मन्त्रीलाई नर्वेमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन स्वीकृति।
  • हैसियत बिग्रिएको राष्ट्रिय वनको जग्गा पर्यटन तथा वन पैदावरमा आधारित उद्योगको प्रयोगका लागि स्वीकृति।
  • चीनमा आयोजना हुने आणविक प्रतिक्रियासम्बन्धी कार्यक्रममा विज्ञान तथा प्रविधि सचिवलाई सहभागी हुन स्वीकृति।
  • नेपाल–जापानबीच सीपयुक्त कामदार पठाउने समझदारीपत्रको अवधि ५ वर्षका लागि नवीकरण।
  • जल तथा ऊर्जा आयोगको संगठन संरचना र दरबन्दी स्वीकृति।
  • क्यासिनो नियमावली, २०८२ र राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ स्वीकृति।
  • नायब महालेखापरीक्षक नारायण एम.सी.लाई उपमहालेखापरीक्षकमा बढुवा।

असार ३० गतेका प्रमुख निर्णयहरू:

  • नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापान सरकारबाट प्राप्त ५ अर्ब ७० करोड येन बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार।
  • राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा (रुपन्देही) नियुक्त।
  • फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान विकास समितिको कार्यावधि ४ महिनाका लागि थप।
  • “सेकेण्ड युएन फुड सिस्टम स्टक टेक समिट” (इथियोपिया, साउन ११–१३) मा डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति।
  • बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको छानबिनका लागि समिति गठन, संयोजकमा पूर्वन्यायाधीश कृष्ण गिरी।
  • दक्षिण अफ्रिकामा आयोजना हुने ग्लोबल एसएमई मिटिङमा प्रा. कपिलमान श्रेष्ठ (राजदूत)लाई सहभागी हुन स्वीकृति।
  • अमरगढी नगरपालिका, डडेल्धुरामा बहुउद्देश्यीय भवन निर्माणका लागि जिल्ला समन्वय समितिको जग्गा प्रयोग स्वीकृति।
  • नेपाली सेनामा एक प्रमुख सेनानी महासेनानीमा, एक महासेनानी सहायक सेनानीमा बढुवा तथा १९ सहायक सेनानीको सरुवा।
  • नवलपरासी (ब.सु.पू.) मा ग्रामीण सडक स्तरोन्नतिका लागि ३.९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग स्वीकृति।
  • कोशी गाउँपालिका सुनसरीको केन्द्र वडा नं. १ बाट ३ मा, र कालिगण्डकी गाउँपालिका स्याङ्जाको केन्द्र वडा नं. ४ कट्टीबाट गहलाममा परिवर्तन।
  • “वर्ल्ड एआई कन्फरेन्स २०२५” (संघाई, चीन) मा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र “ग्लोबल हेल्थ फोरम २०२५” (बेइजिङ) मा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति।

 

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

१२ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक