काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरुले सदनमा उठाउँदै आएको भिजिट भिसा प्रकरण कति महत्वपुर्ण, सान्दर्भिक र ओचित्यपूर्ण छ भनेर स्पेनको सेभिया केसले पुष्टि भएको बताएको छ । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले अझै पनि मानव तस्करहरु नडराएको जनाएकी हुन् ।
‘हामीले उठाउँदै आएको विषय स्पेनको सेभियाको केसले झन् पुष्टि भएको छ । कति महत्वपुर्ण, सान्दर्भिक र ओचित्यपूर्ण छ भनेर । सबैभन्दा दुखको कुराचाहीँ सदनमा यत्रो आन्दोलन हुँदा पनि तस्कहरुलाए न डर छ, न भय छ, न संकोच । कसको संरक्षण, कसको अर्कमण्यताले यत्रो आँट मानब तस्करहरुमा पलाएको हो ?’ उनले प्रश्न गरिन् ।
उनले सदनको गरिमा त निलो रिबनमा भन्दा यस्मा खोज्नुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । उनले सरकराले अहिले भिजिट भिसाको अध्ययन गर्न बनाएको जस्तै समिति २०७८ मै बनेको त्यसको प्रतिवेदन मन्त्रालयमा धुलो खाईरहेको भन्दै संसदीय समिति वा उच्चस्तरी समितिको माग गरिन् ।
‘२०७८ फागुनमा बनेको भिजिट भिसा र सो बाट सिर्जित समस्या र समाधाको उपाएहरु सम्बन्धमा सिफरिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदन जसमा अहिलेको जस्तो सहसचिवहरुको जम्बो टोली थियो, त्यो प्रतिवेदन गृह मन्त्रालयको कुन कुनामा धुलो बटुलेर बसेको छ ?’ उनले भनिन्, ‘त्यसैले त हामीले संसदीय छानबिन समिति मागेका हौँ वा उच्चस्तरीय आयोग मागेका हौँ । फेरि पनि त्यस्तै कार्यदल बनाएर सरकारले कसको आँखामा छारो हालेको ? किन डराएका छैनन् तस्करहरु ? सेभियाको केसले त त्यही देखाउँछ ।’


