बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शोषण उत्पीडनमा परेकालाई एकताबद्ध गरी संघर्ष गर्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जसपा नेपालका अध्यक्ष  यादव प्रधानमन्त्री निवास बालुवाटार पुगे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका सातै प्रदेश काम नलाग्ने र राज्य पुनःसंरचना पुनः गरिनुपर्ने माग राखेका छन् ।

दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघ (डोटिम) ले शनिबार आयोजना गरेको राष्ट्रिय भेला एवं ‘समानता र समाजिक न्यायको अधिकार’ विषयक अन्तरक्रियामा उनले परिवर्तनका लागि एकता आवश्यक रहेको कुरामा पनि जोड दिए ।

परिसंघ स्थापनाको उद्देश्य नै सबैलाई एकताबद्ध गर्न भएकाले शोषण उत्पीडनमा परेकालाई एकताबद्ध गरी परिवर्तनका लागि संघर्ष गर्ने जनाए । जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने र यही नै लोकतन्त्रको मुख्य मान्यता भएको उनको बुझाइ थियो ।

‘जबसम्म सबै उत्पीडित समुदाय एकताबद्ध हुँदैनन्, तबसम्म परिवर्तन हुँदैन,’ उनले भने, ‘यहाँ फुटाउ र राज गर नीतितहत राज्यले विभिन्न शक्तिलाई अलगअलग गरेर शासन गरिरहेको छ, अब अलग होइन, एकताको जरुरी छ ।’

डोटिम सबै उत्पीडित समुदायका लागि साझा मञ्च रहेको बताएका उनले अल्पसंख्यकलाई झन् कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाए ।

‘कुनै पनि मानिस जन्मले, जातले, धर्मले ठुलो हुँदैन, कामले ठुलो हुने हो,’ अध्यक्ष यादवले भने, ‘जोसँग क्षमता हुन्छ त्यो नै ठुलो हो ।’ समाजमा म ठुलो, त्यो सानो भनेर भेदभाव भइरहेकाले समाज विभाजन भएको उनको भनाइ थियो । भने, ‘पहिचानको आधारमा भेदभाव गर्न हुनुहुँदैन, पहिचान प्राप्तिका लागि भेदभाव अन्त्य गर्नुपर्छ ।’

‘नेपालमा समानता छैन, सबभन्दा बढी दलित समुदाय पिछडिएको छ,’ उनले भने, ‘यो पुँजीवादी व्यवस्थामा दलितले चुनावमै प्रतिस्पर्धा गर्न सक्दैन, जब प्रतिस्पर्धा गर्न सकिँदैन, अनि जहिले पछाडि परिरहन्छन् ।’ उनले अहिलेको निर्वाचन प्रणाली पूरै काम नलाग्ने पनि जनाए । सबैको समान प्रतिनिधित्व गराउन पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिएका उनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रमुख चयन गरिनुपर्ने पनि जनाए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

५ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक