बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कर्णालीमा करिब ११ अर्ब रुपैयाँको बजेट समयमै खर्च हुन नसकेर फ्रिज

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
कर्णालीमा करिब ११ अर्ब रुपैयाँको बजेट समयमै खर्च हुन नसकेर फ्रिज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत ।  कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट ६५ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु वर्षका लागि विनियोजित ३१ अर्ब ३० करोड रुपैयाँमध्ये असार मसान्तसम्म जम्मा २० अर्ब ३० करोड ११ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

बाँकी करिब ११ अर्ब रुपैयाँको बजेट समयमै खर्च हुन नसकेर फ्रिज भएको छ । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि असार महिनामा खर्चको चाप अत्यधिक देखिएको छ । जेठ मसान्तसम्म १२ अर्ब ८८ करोड रुपैयाँ खर्च भइसकेको अवस्थामा असारको अन्तिम २५ दिनमा मात्रै ७ अर्ब ४२ करोड रुपैयाँ खर्च गरिएको हो।

पुँजीगत खर्चतर्फको अवस्था अझै चिन्ताजनक छ। कुल १८ अर्ब ७९ करोड रुपैयाँ पुँजीगत बजेटमध्ये १० अर्ब ९६ करोड रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल बजेटको झन्डै ५९ प्रतिशत हो । तर यसमध्ये पनि करिब २६ प्रतिशत पुँजीगत बजेट असारको अन्तिम २५ दिनभित्र खर्च भएको पाइएको छ ।

मन्त्रालयगत खर्च हेर्दा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा धेरै पुँजीगत बजेट विनियोजन भए पनि ५७ प्रतिशत मात्र खर्च भएको छ। अन्य केही मन्त्रालयहरूले भने बजेट कार्यान्वयनमा उल्लेख्य प्रदर्शन गरेका छन् ।

मुख्य न्यायाधिवक्ताको कार्यालयले ९८ प्रतिशतभन्दा बढी खर्च गरेको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयले करिब ९६ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि ९४ प्रतिशतभन्दा बढी खर्च गरेको देखिन्छ।

अघिल्लो वर्ष पुँजीगततर्फ ५४ प्रतिशत खर्च भएकोमा यस वर्ष ५८ प्रतिशत नाघेको छ। तर अन्तिम महिनामा देखिएको खर्चको भीडले कार्य सम्पादनमा दीर्घकालीन सुधार भन्दा पनि औपचारिकता पूरा गर्न खोजिएको जस्तो देखिएको छ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

११ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक