बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनसांख्यिकीय चुनौती सम्बोधनका लागि प्रयास जारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनसांख्यिकीय चुनौती सम्बोधनका लागि प्रयास जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जनसंख्या वृद्धिदर घट्दै गएको र युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र जनसांख्यिकीय चुनौती सम्बोधनका लागि सरकारले प्रयास थालेको जनाएका छन् ।

विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सरकारबाट राष्ट्रिय जनसंख्या नीति, २०८२ स्वीकृत भएको जानकारी दिए ।

‘नेपालको अहिले देखिएको जनसांख्यिकीय चुनौतीलाई समाधान गर्न यो नीतिलाई मार्गदर्शनका रूपमा अंगीकार गर्दै तीनै तहका सरकारमार्फत प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन हुने विश्वास लिएको छु,’ उनले भने ।

बदलिँदो जनसांख्यिक संरचना र नवीन प्रविधिका अवसरलाई प्रभावकारी ढंगले उपयोग गर्न सरकारले समग्र जनसांख्यिक परिप्रेक्ष्यमा पुनर्संरचना गर्ने तयारी अघि बढाएको छ ।

स्वास्थ्यमन्त्रीको अध्यक्षतामा गठन हुने राष्ट्रिय जनसंख्या निर्देशन तथा समन्वय समिति मार्फत जनसंख्या व्यवस्थापनलाई थप क्रियाशील बनाइने सरकारको योजना छ ।

सो समितिले तीनै तहका सरकारका प्रयास समन्वय गर्दै संघीय तहबाट जनसंख्या व्यवस्थापन मार्गदर्शन जारी गर्ने बताएको छ ।

त्यस्तै, राष्ट्रिय जनसंख्या ऐन निर्माण गरी कार्यान्वयनमा लैजाने तयारी पनि अघि सारिएको छ ।

जनसांख्यिकीय परिवर्तनसँग जोडिएका विषयहरू—जसमा ज्येष्ठ नागरिक, युवा पुस्ता, बालबालिका, महिला तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूहका सवालहरू विशेष रूपमा समेटिएका छन् ।

सरकारले विकासका सबै क्षेत्रमा जनसंख्याको मूलप्रवाहीकरण गर्ने नीति अवलम्बन गर्ने उल्लेख गरेको छ ।

त्यस्तै, घट्दो प्रजनन दरलाई प्रतिस्थापन तहमा सन्तुलन कायम गर्न विभिन्न नीति सुधार र प्रोत्साहनात्मक कार्यक्रमहरू सञ्चालन गरिने पनि जनाइएको छ ।

स्वास्थ्य पहुँचमा सुधार ल्याउने उद्देश्यसहित स्वास्थ्य बीमा कार्यक्रममार्फत सबै नागरिकलाई उपचार सेवा र आर्थिक सहायता उपलब्ध गराउने तयारीसमेत छ ।

साथै, जनसंख्या सम्बन्धी सबै प्रकारका तथ्यांकलाई तीनै तहका सरकारबीच एकीकृत प्रतिवेदन प्रणालीमार्फत स्वचालित रूपमा व्यवस्थापन गरिने नीतिमा उल्लेख छ ।

यी प्रयासहरूमा निजी क्षेत्र, विकास साझेदार, विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग सहकार्य र समन्वयलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको  छ ।

मन्त्री पौडेलले नेपालको जनसंख्याको वर्तमान बनावट, वितरण र संरचनासँगसँगै देखापरेका अवसर र चुनौतीहरूलाई उचित सम्बोधन गर्न सरकारले प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए ।

राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा जनसंख्इा वृद्धिदर ऋणात्मक रहेको छ ।

२०७८ को राष्ट्रिय जनगणनाका अनुसार नेपालमा जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतमा झरेको छ भने प्रजनन दर प्रतिस्थापन तहभन्दा तल रहेको १.९३ छ ।  जबकि प्रजनन दर २.१ भन्दा बढी हुनुपर्ने विज्ञ बताउछन् ।

त्यस्तै ज्येष्ठ नागरिकको जनसंख्या १०.२१ प्रतिशत रहेको छ भने १५—५९ वर्ष उमेर समूहको जनसंख्या ६१. ९ प्रतिशत रहेको छ ।

त्यस्तै जन्मका क्रममा लैङ्गिक अनुपात प्रत्येक सय बालिकाको जन्ममा ११४ बालकको जन्म रहेको छ ।

‘ज्येष्ठ नागरिकहरूको संख्या वृद्धि हुँदै गएको सन्दर्भमा उनीहरूको ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता सञ्चार गर्न, युवा जनसंख्याले चाहेजस्तो पारिवारिक आकार र वातावरण निर्माण गर्न तथा पारिवारिक सद्भाव कायम राख्न जनसंख्याको प्रभावकारी व्यवस्थापन गर्नु आजको आवश्यकता हो,’ मन्त्री पौडेलले भने ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

१० घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक