मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रसुवामा बाढी, नुवाकोट र सिन्धुपाल्चोक पनि प्रभावित

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
रसुवामा बाढी, नुवाकोट र सिन्धुपाल्चोक पनि प्रभावित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

रसुवा/नुवाकोट/सिन्धुपाल्चोक  ।  दुई दिनयता टिमुरेगाउँ आसपासमा पानी परेकै थिएन । गाउँलेलाई विपत्तको शंकै थिएन । तर, मंगलबार बिहानै लेन्दे खोलामा गड्याङगुडुङको डरलाग्दो आवाज आयो । खोलामा लेदोसहितको ठूलो बाढी उर्लेको थियो । गाउँलेमा एकाएक होहल्ला मच्चियो, भागाभाग चल्यो ।

तिब्बतबाट आएको बाढी भोटेकोशीमा मिसिँदा बाढीले बितन्डा मच्चायो । नेपाल–चीन जोड्ने मितेरी पुल बगायो । सडकको नामोनिसान मेटायो । बाढीमा परी ज्यान गुमाएका ९ जनाको शव फेला परेको छ । १९ जना बेपत्ता छन् । प्रहरीका अनुसार २ जना प्रहरी पनि बेपत्ता छन् । ११ सर्वसाधारण र ६ चिनियाँ नागरिक बेपत्ता रहेको प्रहरीले जनाएको छ । यस्तै, नेपालतर्फ भन्सार यार्डमा सामान भरिएका (कन्टेनर डिब्बा लोड गाडी) २४ वटा बगेका छन् । ३५ वटा विद्युतीय गाडी (ईभी) र ६ वटा सिनो ट्रक पनि बाढीले बगाएको छ ।

टिमुरे गाउँका उर्केन घलेले लेन्दे खोलामा आएको बाढीको आवाजले स्थानीयको होसहवास उडाएको बताए । गाउँमा फोन सम्पर्क नभएकाले त्रास कायमै रहेको घलेले बताए । फेरि बाढी आउने त्रासले स्थानीय भयभित छन् । खोलामा पानीको बहाव बढ्ने क्रम नरोकिएकाले ढुक्कले बस्ने अवस्था नरहेको स्थानीय मुनु मगरले बताइन् ।

गोसाइँकुन्ड गाउँपालिका–२ मा रहेको नेपाल चीन सिमाना रसुवागढी नाकामा दायाँबायाँबाट बग्ने २ नदी छन् । केरुङ तर्फबाट आउने भोटेकोशी र लाङटाङको पछाडिबाट आउने लेन्देखोला मिसिएर बग्दै त्रिशूली नदी बन्छ । राति २ बजेतिर आएको बाढीले ठूलो धनजनको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्रुबप्रसाद अधिकारीका अनुसार मजदुर चालक तथा त्यहाँ रहेका चिनियाँ कामदारहरू हराएको तथा केहीको तत्काल उद्धार गरिएको छ ।

लाङटाङ हिमालको पछाडि चीनको भूभागमा रहेको कुनै ठूलो ताल फुटेर बाढी आएको अनुमान गरिएको छ । दिनभर समय–समयमा बाढीको बहाव घटबढ भएकाले अझै खोला बढिरहेको खबरले गाउँमा त्रास फैलिएको छ । तिब्बत क्षेत्रबाट लेन्दे खोलामा एक्कासि आएको ठूलो बाढी भोटेकोशी नदीमा मिसिँदै रसुवा भन्सार र सुक्खा बन्दरगाहमा प्र्रवेश गरेको थियो । बाढीले दुई देशबीच आवतजावत गर्ने मितेरी पुल बगाएको छ । मैलुङमा रहेको बेलिब्रिज पनि बगाएको छ । रसुवागढी हुँदै स्याफ्रुबेंसी जाने मैलुङ सडक अवरुद्ध छ । बाढीको बहाव बढेर त्रिशूली नदी बेत्रावती हुँदै नुवाकोट र धादिङमा पनि पर्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयबाट सूचना जारी गरिएको छ ।

तत्काल उद्धार 
बाढीको खबरपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । नेपाल–चीन सिमानाको लेन्दे खोलामा राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । तीमध्ये हेलिकप्टरबाट ३० जना र टिमुरे इलाका सहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाको श्रीनाथ गण धुन्चेले जनाएको छ ।

बाढी पहिरोमा परी १९ जना बेपत्ता छन् । बेपत्ता हुनेमा नेपाल प्रहरीका मुन्ना ठाकुर र लोकेन्द्र बोहरा छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरूमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू र सुरेश थारू तथा बागलुङका नरेश विक छन् ।

यसैगरी सिन्धुपाल्चोकका फुर्पा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ छन् । यस्तै ६ चिनियाँ नागरिकसमेत बाढी पहिरोमा परी सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा गोरखा पालुङ्टार नगरपालिका–६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ छन् । यसअघि रसुवागढी भन्सार यार्डमा कार्यरत ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना हराइरहेका थिए । बेपत्ता हुनेको संख्या २० पुगेको छ ।

सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्पा लामा, हाइलक्स जिप चालक गोविन्द मोक्तान र लोकमान तामाङ पनि बेपत्ता भएका छन् ।
बाढीले उत्तरगया गाउँपालिका–१ मैलुङस्थित गल्छी बेत्रावती–स्याफ्रुबेंसी सडकखण्डअन्तर्गत त्रिशूली नदीमा रहेको ‘बेलिब्रिज’ बगाएको छ । सो स्थान नजिकै भर्खर निर्माण भएको पक्की पुलमा बाढीले रसुवागढी, मैलुङ र माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति पुगेको छ । उत्तरगया गाउँपालिका– ५ स्थित त्रिशूली नदी किनार तथा बिभिन्न भागमा शवका टुक्रा भेटिएका छन् ।

घटनास्थलको प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल ऊर्जा, गृहसचिव, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा, जिल्ला स्थित प्रतिनिधिसभा सदस्य मोहन आचार्य, प्रदेशसभा सदस्य इन्द्र गोतामेलगायत स्थानीय तहका जनप्रतिनिधिहरूले स्थलगत अवलोकन गरेका थिए ।

डाँडातिर मान्छे देखेपछि बाँच्ने आस पलायो 
६० वर्षीय पाल्देन तामाङ र ६७ वर्षीया मंगली तामाङ (पति–पत्नी) मंगलबार बिहान साढे चार बजे नै घरबाट निस्के । दाउरा टिप्न नाम्लो र डोकोसहित उनीहरू त्रिशूली नदीमा पसे । जहाँ त्रिशूली नदी दुई किनार भएर बग्छ । एकातर्फ पानी धेरै र अर्कोतिर थोरै बग्छ । बीचमा टापु छ । थोरै पानी भएको ठाउँबाट नदी तरेर उनीहरू टापुतिर दाउरा टिप्दै गर्दा एक्कासि ठूलो बाढी आयो । उनीहरू फसेँ । रुखमा चढेर ज्यान जोगाउनतिर लागे ।

किस्पाङ गाउँपालिका–४ साल्मे घर भई आठ वर्षदेखि नुवाकोटको विदुर नगरपालिका ९ वाह्र नम्बर घुमाउनेमा बस्दै आएका पाल्देन र मंगली तामाङ दम्पती त्रिशूली नदीमा आएको वाढीमा मंगलबार बिहान तीन घण्टा थुनिएका थिए । उनीहरू सिसौंको रुख चढेर तीन घण्टा नदीबीचको भंगालेमा अड्किएका थिए ।

तामाङ दम्पती नदी बीचमा भंगालोमा अडकएको जानकारी आउने बित्तिकै गृह मन्त्रालयमा जानकारी गराएर नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले बताए । उनका अनुसार उद्धारपछि उनीहरूको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरिएको छ ।

तामाङ दम्पती गत आठ वर्षदेखि भूकम्पको राहत अनुदानको घर बनाएर विदुर ९ बाह्र नम्बर घुमाउनेमा बस्दै आएका थिए ।
बिहान पाँच बजेदेखि नै नदीको भंगालोमा सिसौंको रुख चढेर बसेका तामाङ दम्पतीको सेनाको हेलिकप्टरमार्फत तीन घण्टामा सकुसल उद्धार गरिएको हो । सेनाको एमआई १७ एनए ०३८ हेलिकप्टरमार्फत डोरीसहितको बकेटमा सेनाका तालिम प्राप्त जवान नदीमा झरेर वृद्धवृद्धाको उद्धार गरेको हो ।

पहिले सेनाको सानो हेलिकप्टरले घटनास्थलको हवाई निरीक्षण ग¥यो । त्यसपछि केहीबेरमा एमआई १७ हेलिकप्टरमार्फत तालिम प्राप्त सेनाहरूले वृद्ध दम्पतीको डोरी र बकेटमार्फत सकुसल उद्धार गरेका हुन् ।  उनीहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले वताए । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

दुवै जना एकसुरले नदीले बगाइ ल्याएको दाउरा संकलन गरिरहेको वेला नदीमा आएको बाढीले एक्कासि छोप्न आएको पाल्देनले बताए । ‘बाँच्ने आशा नै थिएन, पाल्देनले भने, ‘दुवैतिरको बगर र डाँडातिर मान्छे देखेपछि बाँच्ने आशा पलायो, हेलिकप्टरले हामीलाई बचायो ।’

जीवनमा आफूहरूले कल्पना नै नगरेको त्रासदी व्यहोरेको र पुनर्जीवन पाएको दम्पतीको भनाइ छ । अस्पतालमा उपचाररत पाल्देनकी पत्नी मंगलीले भने तीन घण्टा लामो त्रासदी सम्झदा नै जिउ काँपिरहेको बताइन् । ‘सुनेका मात्रै थियौं, हेलिकप्टरबाट बचाउँछ भनेर, अहिले हामी नै सेनाको हेलिकप्टरले उद्धार गरी उपचाररत छौं’, दम्पतीले खुसी व्यक्त गर्दै भने ।

१२ वर्षपछि रसुवागढी–केरुङ विच्छेद
चीनको तिब्बत हुँदै आएको लेन्दो खोलाको बाढीले ठूलो धनजनको क्षति गरेको छ । अबिरल वर्षात्को कारण नेपाल–चीन सिमाना रसुवागढीस्थित लेन्देखोलामा बाढी आएर क्षति गरेपछि जनजीवन प्रभावित भएको छ ।

सडकमार्ग बाढी पहिरोले क्षति गरेपछि हवाई उद्धार सुरु भएको छ । सरकारी र निजी कम्पनीका हेलिकप्टरहरूले उद्धार सुरु गरेको हो । बाढीले रसुवागढी पुललगायत दर्जनौं संरचनामा क्षति गरेको छ । १२ वर्षपछि नेपाल–केरुङ यातायात सम्पर्क विच्छेद भएको छ ।
१२ वर्ष अगाडि रसुवागढीस्थित लेन्दे खोलामा चीन सरकारले पक्कि मोटरेवल पुल वनाएका थियो । मंगलबार आएको भीषण बाढीले पुलको नामोनिशान नै मेटाएको छ । यसबाट सो मार्गबाट नेपाल–चीन आयातनिर्यात ठप्प भएको छ । राजस्वसमेत प्रभावित हुने भएको छ । बाढीले रसुवागढीस्थित लेन्दे खोलामा नेपाल–चीन जोड्ने मितेरी पुल वगाउनुका साथै धेरै संरचनामा क्षति गरेको गरेको गोसाइँकुण्ड गापा अध्यक्ष कैसाङनुर्पु तामाङको भनाइ छ । चीनतर्फबाट आएको भीषण बाढीले रसुवाको सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएपछि उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

‘हामीलाई प्रशासनले सतर्क रहनु त भनेको छ, तर पानी परेपछि के पो हुने हो भन्ने त्रासमा छौं हामी’, तातोपानीको स्थानीय सुनिता श्रेष्ठले भनिन्, ‘रसुवाको जस्तै हुने हो कि भन्ने डर छ ।’ उनले तातोपानीवासीलाई सरकारले स्थानान्तरणको व्यवस्था मिलाउनुपर्ने बताइन् ।
प्रमुख जिल्ला अधिकारी थापाले चिनियाँ भेगमा वर्षा थप भइरहने भएकाले सुरक्षा सर्तकता लागि प्रयत्न भइरहेको बताए । ‘हामीले हाम्रो तर्फबाट तातोपानी क्षेत्रमा विपद्को अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई अलर्ट गरेका छौं’, उनले भने, ‘आत्तिनुपर्ने अवस्था छैन ।’

बाढीमा बेपत्ता हुनेहरूको पहिचान 
चीनको तिब्बतमा भीषण पानी परेपछि लेन्दे खोलामा आएको भीषण बाढीमा बेपत्ता हुने प्रहरी, चिनियाँ तथा नेपाली चालकको पहिचान खुलेको छ । उनीहरूको खोजी कार्य जारी छ । नदीमा आएको बाढीमा परेर बेपत्ता भएकामा दुई जना नेपाल प्रहरी, चिनियाँ नागरिक, गाडी चालकसहितका छन् । बेपत्ता भएका १९ जनाको पहिचान खुलेको सुरक्षा निकायले जनाएको छ ।

बाढीका कारण हालसम्म रसुवागढी जलविद्युत् केन्द्रको ड्याम साइडमा फसेका चिनियाँ एक पुरुष, १५ नेपाली पुरुष, दुई जना नेपाली महिला गरी १८ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलिले उद्दार गरेको छ ।

प्रमसहितको सरकारी टोली टिमुरेमा
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उच्च सरकारी टोलीले लेन्दे खोलामा आएको बाढीको स्थलगत अवलोकन गरेको छ । त्रिदेशीय मार्गअन्तर्गत स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डको वीचमा रहेको टिमुरे पुगेर बाढी प्रभावित स्थलहरूको अवलोकन निरीक्षण गरेको हो ।

प्रम ओलीसहितको टोलीले बेलुकी हेलिकप्टरमार्फत रसुवाको बाढी पहिरो ग्रस्त क्षेत्र टिमुरे तथा रसुवागढी नाकाको स्थलगत अवलोकन निरीक्षण गरेको हो । भीषण बाढीका कारण पुगेको क्षतिको अवलोकनका लागि प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, ऊर्जा तथा जल स्रोतमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, गृहसचिव गोकर्णमणि दुवाडीलगायतको टोली मंगलबार अपराह्न हेलिकप्टर चढेर नेपाल–चीन सीमाक्षेत्र रसुवागढी नाका पुगेको हो । अवलोकनपछि उद्धार तथा पुनस्र्थापनामा तीव्रता दिइने प्रधानमन्त्री ओलीले बताए । ाढीग्रस्त क्षेत्रमा तीनवटै सुरक्षा निकायमा प्रमुख पनि पुगेका हुन् ।

चीनले दियो खतराको संकेत, त्रासमा तातोपानीवासी
चीन स्वशासित तिब्बतको न्यालममा ठूलो वर्षा भइरहेको भन्दै चिनियाँ अधिकारीले उत्तरी सीमाक्षेत्र सिन्धुपाल्चोकको तातोपानी आसपासमा सर्तक रहन सन्देश पठाएका छन् ।

चिनियाँ अधिकारीहरूले वर्षाका कारण बाढी आउन सक्ने खतराको संकेत गरेलगत्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मंगलबार दिउँसो सूचना जारी गरी नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ । ‘छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकाले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरूमा सतर्कता अपनाउन र अरनिको राजमार्गअन्तर्गत बन्देउदेखि लिपिङसम्ममा सवारी साधन चलाउँदासमेत सतर्कता अपनाउन हुन यो सूचना प्रकाशित गरिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा जारी सूचनामा भनिएको छ ।

तिब्बतमा अझै भारी वर्षा हुनसक्ने मौसमविद्को चेतावनीपछि सीमामा रहेका चिनियाँ अधिकारीले सतर्कता अपनाउन सन्देश प्रवाह गरेका हुन् । सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै सुरक्षा अंगलाई सर्तक रहन निर्देशन दिएका छन् । प्रजिअ थापाले भोटेकोशी र सुनकोशी तटीय क्षेत्रको लिपिङदेखि बन्देउसम्मका स्थानीयलाई सूचना जारी गरेर सचेत गराएको बताए । ‘अहिले भोटेकोशी नदीमा बाढी आइरहेको छ । तर, खतराको अवस्था छैन’, थापाले भने, ‘तातोपानी, बाह्रबिसे, लामोसाँघु, बलेफी, सुकुटे क्षेत्रका स्थानीयलाई सचेत गराइएको छ ।’

न्यालममै अलपत्र परे मालबाहक कन्टेनर
तिब्बतको न्यालम क्षेत्रमा आइतबार र सोमबार परेको वर्षासँगै आएको बाढीले चीनको सिगात्से–न्यालम–खासा सडकखण्ड क्षतविक्षत भएको छ । सडक अवरुद्ध हुँदा उत्तरी नाका तातोपानी हुँदै नेपाल आउन लागेका दर्जनौं मालबाहक कन्टेनर चीनतर्फको न्यालम क्षेत्रमा अलपत्र परेका छन् ।

‘चीनको सिगात्से–न्यालम–खासा सडकखण्डको विभिन्न स्थानमा ४० देखि ५० मिटर सडकखण्ड बाढीले बगाएपछि यातायात ठप्प भएको छ,’ भोटेकोशी चेम्बर अफ कर्मसका अध्यक्ष फुनु शेर्पाले भने, ‘अहिले रसुवाको भन्सारतर्फ जान लागेका ५० भन्दा बढी कन्टेनर खासा हुँदै तातोपानीतर्फ आउँदै छन् ।’ कोदारी सडकखण्ड पनि वर्षातका कारण क्षतिग्रस्त भएको हुँदा चीन–नेपाल सीमा व्यापार फेरि संकटमा पर्न सक्ने चिन्ता व्यवसायीमा बढेको उनले बताए ।

चीन सरकारले न्यालममा अलपत्र परेको कन्टेनरलाई तातोपानी नाकासम्म ल्याउन प्रयत्न गरिरहेको शेर्पा बताउँछन् । ‘न्यालम काउन्टी सरकारले आपतकालीन पूर्वाधार निर्माण गरेर दुई दिनभित्र सडक सञ्चालन गर्ने तयारी थालेर काम अघि बढाएको भन्ने जानकारी आएको छ’, शेर्पाले भने, ‘चीनका सेना र सुरक्षाकर्मीहरू सडक मर्मतमा खटिएका छन् । रोकिएका कन्टेनरहरू छिट्टै तातोपानी आउने विश्वास छ ।’

बाढीले सिगात्से–न्यालम–खासा सडकखण्डको न्यालमपारि झन्डै दुई सय मिटर सडक बगाएको न्यालमका स्थानीय दावा तामाङले बताए । तिब्बत क्षेत्रमा आइतबार र सोमबार मध्यम वर्षा भएको थियो । ‘वर्षा मध्यम भएको हो । तर, पहिरोसहित आएको बाढीले सडक भत्कायो,’ आडो ट्रान्सपोर्टमा कार्यरत प्रतिनिधिसमेत रहेका तामाङले बताए ।

कोदारी सडकखण्डमा पहिरोको जोखिम
चीनको सीमासँग जोडिएको अरनिको राजमार्गअन्तर्गत कोदारीखण्डको सडक असार सुरुदेखि नै ठप्प छ । नेपाल प्रहरीका अनुसार अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२, कोदारीमा पहिरो झरिरहँदा बाटो अवरुद्ध भइरहने गरेको छ । चीनको सीमानाबाट डेढ किलोमिटर नेपालमा भोटेकोशी गाउँपालिकाभित्र कोदारी इकोरिसोर्ट साइड भासिएर नदीमा मिसिएकाले सडक उठाउन कठिन परेको छ । प्रहरीका अनुसार इकोरिसोर्टदेखि लिपिङसम्म मालवाहक कन्टेनर लामबद्ध छन् । ती कन्टेनरलाई जतिवेला पनि पहिरोले पुर्न सक्ने जोखिम छ ।

तातोपानीका  कर्म शेर्पाका अनुसार लिपिङमा भोटेकोशी नदीले भग्नावशेष तानिरहेको छ । चीनपट्टि सिमेन्टेड वाल भएको र नेपालपट्टि खुला रहेकाले यो बर्खामा लिपिङ बजारलाई बाढीले कटान गर्ने जोखिम रहेको शेर्पाले बताए । त्यस्तै, तातोपानीको कोप्लाङमा केही हप्ताअघि उकासेको सडक पुनः भासिएको छ । नेपाल–चीन सिमानाबाट तातोपानी छिचोल्ने सडक सकसपूर्ण छ । भोटेकोशी गाउँपालिकाभित्र खोकुन्डोल, डाक्लाङ, चाकु र नयाँपुल आसपास सडक जीर्ण छ । पहिरोको उत्तिकै जोखिम छ । बाह्रबिसे नगरपालिकाभित्र बसेरी, जम्बु, खागदल र जुरेमा पहिरोको जोखिम रहेको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताए । बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर सडकखण्ड बाढी र पहिरोको उच्च जोखिममा छ ।

छोटो दूरीको नाका तातोपानी हुँदै सामान आयात गर्ने व्यापारीलाई पटकपटक सडक अवरुद्ध हुँदा के गर्ने भन्ने अन्यौलता थपिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत बताउँछन् ।आंशिक रूपमा तातोपानी नाका सञ्चालन रहे पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको व्यापारीहरू बताउँछन् ।

nnapurnapost बाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक